खानका लागि धर्तीमा, धेरै छन् ती वनस्पति ।
जन्तु मारेर मान्छेले खाँदा हुन्छ सधै खति ।।
वनमा चौरमा चर्दा, राम्रो हुन्छ जनावर ।
खानकै लागि ती काट्नु, शोभादायी कहाँ छ र ।।
खानाको थालमा हैन तालमै हुन्छ सुन्दर ।
पानीमा खेल्छ जो माछो, तेलमा हाल्नु हुन्छ र ?
करुणा, प्रेम, मैत्रीले, पशु–पन्छी–जनावर ।
सबै हर्षित नै हुन्छन्, मान्छेको के कुरा छ र ?
चाहे मन्दिरमा होस् वा, नहोस् बजारमै किन ।
हुन्न मारिनु यी जन्तु, मान्छेले फाइदा लिन ।।
मुटु काँप्दैछ मान्छेको मृत्यु देखेर आज त ।
जीवजीवन हो उस्तै बुझ्नु पर्दैन के अब ?
अस्तु ।
रचना ः नरेन्द्र पराशर
आनन्दकुटी
रतुवामाई- ४ मोरंग