काफलको बोटजस्तै
सर्लक्क र झ्याम्म परेको
टाढैबाट मनमुटु चोर्ने
असल, सोझो, ज्ञानी र उज्ज्यालो
असीम प्रेम गर्ने
तिम्रो कल्पनातीत प्रेमी
आहा तिम्रो त्यो हृदय
आफ्नो अनुपम प्रेमीलाई
सत्यवती आभा,
छोडिदेऊ/त्यागिदेऊ.धोका देऊ हृदयलाई
आज
देशलाई एउटा कवि चाहिएको छ !
हृदय टुक्रिओस्
छिया-छिया होस्
विदीर्ण होस्
अनि आफैँले कविता लेखोस्
आँशुले कविता लेखोस्
र बाँडोस् प्रसन्नाता व्यथितहरुलाई
आभा,
छोडिदेऊ/त्यागिदेऊ/धोका देऊ हृदयलाई
आज
देशलाई एउटा कवि चाहिएको छ
ताकि दुनियाँले सुनोस् सत्यको चर्को आवाज !
:नरेन्द्र पराशर
No comments:
Post a Comment