आँखामा ज्ञानको
ज्योति झल्किँदैछ बरोबर
दाँतमा शीतका थोपा
टल्किँदैछन् मनोहर ।।
गालामा वयको आभा
लाली लावण्य प्राञ्जल
तिलझैँ दिव्य कोठीमा
काव्य सौन्दर्य झल्मल ।।
तिम्रो मुस्कानमा
जादु ओठमा छन् गुलाव नै
तिम्रो कोकिल बोलीमा
मोहनी छ अचम्मकै ।।
मेघको रँङले राम्री
प्यारी सौन्दर्यभावले
श्यामा, शान्त, तिमी शिष्ट, जाती छ्यौ है स्वभावले ।।
तिम्रै हो सपना सारा तिम्रै आकाश हो सबै
पखेटा फड्फडाएर उड
माथि झनै झनै ।।
जितेकी छ्यौ सबैलाई
प्रेममा हार्छ भावना
जय होस् ! जय होस्
तिम्रो शुभेच्छा ! शुभकामना !!
No comments:
Post a Comment