नादप्रणवको यात्रा
दिव्ययात्रा पुरातन
दिव्यज्योति सनातन ।
आत्म-चैतन्यको आभा
''योग: कर्मसु कौशलम्''
नित्य-जीवनको प्यासी
''ददामि ते सुधा जलम्'' ।
यम, नियमले धन्य
रम्य
आसनमा रहोस्
प्राणायाम गरी दीर्घ
प्रत्याहार सुधा बहोस् ।
बहोस् दीर्घायुको
गङ्गा
धारणा ध्यानमा खुलोस्
प्रेम, आनन्द, औदार्य
शान्तिमा जिन्दगी भुलोस् ।
भोगले भोग्छ है दुक्ख
सुखको भ्रमले छली
त्यागले लुट्छ आनन्द
नित्यानन्द झिलीमिली ।
प्रणवनादको शब्द
उदाओस्
करुणा, दया
जय होस् जय होस् नित्य
''सर्वे सन्तु: निरामया:'' ।
:नरेन्द्र पराशर
No comments:
Post a Comment