प्रेम
चट्टानमा दिव्य कल्पनाकी सुनाखरी
झुन्डिन्छे
सत्य-सौन्दर्य आविर्भाव हुने गरी
।।१।।
सपना
प्रेम आनन्द जो बाँड्छे विपना सरी
चिम्ली
आँखा सधैँ हेर्छु मुटुकी यो सुनाखरी
।।२।।
भीरमा
न त आत्तिन्छे शून्य-एकान्तमा परी
मधु-माधुर्य
मात्तिन्छे प्रेमसिक्त सुनाखरी
।।३।।
यही
जीजीविषा प्यारी यही आत्मीय मञ्जरी
मूर्दामा
भर्दछे प्राण यही प्यारी सुनाखरी
।।४।।
।।४।।
: नरेन्द्र पराशर
छन्द : अनुस्टुप्
No comments:
Post a Comment