तिम्रै मूर्ति बनाएर किन बस्दछ त्यो कवि ?
भावना भक्ति श्रद्धाले किन मस्त छ त्यो कवि ?
।।१।।
तिम्रै चित्र बनाएर आँखाभित्र लुकाउँछ
अनि चिम्लेर ती आँखा किन हाँस्तछ त्यो कवि ?
।।२।।
कल्पनामा निराकार डुलिहिँड्दछ मेघ झैँ
कविता काव्यमा डुब्दै किन व्यस्त छ त्यो कवि ?
।।३।।
मधुको मात लागेको प्रेमी पागल झैँ छ ऊ
फूलबारी बगैँचामा किन पस्तछ त्यो कवि ?
।।४।।
तिम्रै नाम लिई के के बर्बराउँछ साँझमा
पर एकान्तमा एक्लै किन बस्तछ त्यो कवि ?
।।५।।
नरेन्द्र पराशर
आनन्द आश्रम
रतुवामाई ४ मोरङ
2082.07.22
No comments:
Post a Comment