Sunday, April 20, 2014

चरी, आकाश, प्रेम र स्वतन्त्रता


चरी चित्त चोर्दै यतै छेउ आई
चरी प्रेमको गीतमा चिर्बिराई
चरी रङ्ग-आनन्दले दङ्ग आई
चरी प्रेमको किम्बु खाँदै रमाई
।।
चरीको सबै पङ्खमा लाख रङ्ग
चरीमा सधैँ देख्न पाऊँ उमङ्ग
चरीबाट नै प्रेम-चातुर्य जानूँ
चरी गान सुन्दा झर्को नमानूँ
।।
चरीको पखेटाभरी व्योम पाऊँ
चरी-चक्षुमा दृष्टि राख्दा रमाऊँ
चरी प्रेमको दिव्यताले स्वतन्त्र
चरीभित्र नै उड्न पाऊँ पवित्र
।।
चरी यो उडोस् है उचालेर पङ्ख
चरी पिन्जरामा नहोस् हेर बन्द
चरीको पूजा गरी डुल्न पाऊँ
चरी गानले ध्यानमा खुल्न पाऊँ
।।
चरी फुर्फुराई मनैसम्म आई
चरी चित्तमा माधुरी चिर्बिराई
चरीले उज्यालो छरी मित्रलाई
चरी यो उज्यालो छरी भित्र आई
।।

नरेन्द्र पराशर
छन्द : भुजङ्गप्रयात

Tuesday, April 15, 2014

तिमी, प्रेम, प्रज्ञान र प्रतीक्षा



प्रज्ञानको भावना-भाव तीब्र
जुनेली खुलेको आत्मा पवित्र
तिमीमा ऋक् वेदको नव्य बोली
तिमी प्रेम-आनन्दकी दिव्य झोली
।।
नदीझैँ बजेको छताछुल्ल नाद
तिम्रो गलामा अनौठो प्रमाद
तिमी फूलबारी तिमी फूलदानी
तिमी प्रेमले प्रेमकी हौ बिहानी
।।
तिमी सत्यकी कोपिला कोमला हौ
तिमी सिर्जनाकी कुमारी कला हौ
तिमी स्वच्छ सौन्दर्यकी एक सृष्टि
तिमी हौ सुधा दृश्य, द्रष्टा र दृष्टि
।।
सुदन्ती तिमी वैजयन्ती वहार
तिमी शीतकी दिव्य थोपा अपार
शुभाङ्गी चरी कोइली बोल थोर
प्रतीक्षा गरी बस्छ है यो चकोर
।।


नरेन्द्र पराशर
छन्द : भुजङ्गप्रयात

Friday, February 14, 2014

प्रेमकविता


शरदा ज्योत्स्नया कान्ता वसन्तेन सुशोभिता

चञ्चला चञ्चला चैव स्मिता भीता समाहिता


त्वमेका मृदुवाक्येन कोकिलानाञ्च कोकिला
प्रकृत्यैव नता धीरा स्वभावेन शकुन्तला

मृदुला कोमलारूपा वासन्ती कुसुमाधरा
मानिनी मम मैत्रेयी प्रज्ञानेन मनोहरा

मन्दाक्रान्तोस्म्यहं प्रेम्णे प्रेमाक्रान्तञ्च ते मन :
मनसा चात्मना नम्रा त्वमेका मम नायिका



:नरेन्द्र पराशर

Saturday, February 1, 2014

कवितायां सुधा नास्ति


नास्ति छन्द : कला नास्ति नास्ति लालित्यमेव
कवितायां सुधा नास्ति पश्यातङ्कं भयावहम्

अलङ्कारोपमा नास्ति नास्ति काव्यस्य चेतना
कवितायामुषा नास्ति पश्य ध्वान्तं भयावहम् ।

भाषायां नास्ति माधुर्यं रसानि कानिचित्
कवितायां प्रभा नास्ति पश्य भारं भयावहम् ।

सौन्दर्यँ नास्ति शब्देषु भाषाया : गरिमा कुत :
कवितायामृतं नास्ति ह्यभवत् किम् भयावहम् ।


:नरेन्द्र पराशर