Saturday, February 9, 2013

प्रेम कविता : प्रेम दिवसका लागि

तिम्रो मुस्कान वर्षामा पाऊँ है रुझिराख्न म
तिम्रो प्रेम नदीभित्र पाऊँ है डुबिराख्न म
!
कल्पना कल्प त्यान्द्रोमा  पाऊँ है झुलिराख्न म
स्वप्न-आकाशमा तिम्रो पाऊँ है डुलिराख्न म
!
प्रेमले पग्लिई छाती पाऊँ आँशु चुहाउन
तिम्रो सौन्दर्य मायामा पाऊँ नित्य नुहाउन
!
तिम्रा पवित्र आँखामा बाँधिऊँ है अनन्त म
प्रेम बाधा हुँदै हैन पाऊँ स्वतन्त्र बन्न म
!
दिव्य प्रेम, सुधा प्रेम, प्रेमभित्रै हराऊँ म
धेरै प्रेम तिमीलाई थोरै पाए अघाऊँ म
!
तिम्रो कोकिल बोलीमा ज्ञान-गङ्गा बहाऊँ म
दिव्य आनन्द झोलीमा प्रेम-बुट्टा बनाऊँ  म
!

:नरेन्द्र पराशर

No comments:

Post a Comment