एकरसताको महानिद्रामा
स्वप्नदोषले स्खलित
आकाश
तुष्ट देखिन्छ
नजिकै
सिर्जनाका
स्वप्नपुष्प लुकाएर
ख्यालठट्ठामै धर्ती
अवैध गर्भवती भएकी छे
सौन्दर्यको दुनियाँमा
आनन्दको भाग खोस्न
संसार अगाडि सर्दा
आजै परसरेकी छे कविता .
हिलोमा नजाने कमलको बीउ
फूलले आत्महत्या
गरेको साँझ
चिन्ताग्रस्त माहुरी
अँध्यारो छर्ने
मैनबत्ती बाल्न
हतारिएका छन् सूर्यरश्मिहरु
सौन्दर्यको दुनियाँमा
आफैँलाई कुरूप पार्न
संसार अगाडि सर्दा
आजै परसरेकी छे कविता .
:नरेन्द्र पराशर
No comments:
Post a Comment