१=
अन्योलको यो निविंड अन्धकार
झन् घना देखिँदैछ
ठीक यही -कु_बेलामा
विश्वदृष्टि
धृतराष्ट्र खसेको र कुम्भकर्ण सुतेको छ,
दर्शनका गोडाहरू
जहीँको त्यहीँ स्थिर छन्
दुर्भाग्य,
अतीतमुखी, यथास्थिति र पश्चगामी उल्लूहरू
पखेटा फटफटाइरहेका छन्
भविष्यमुखी आनन्दका परेवाहरू स्तब्ध छन्
छ्या ! घनघोर लडेको छ
संसारभरीकै -अ_राजनैतिक अन्धकार .
२=
यो -अ_राजनीति
अर्थात्
ब्ल्याक होल
अर्थात्
कृष्ण–विवर
अकल्पनीय -अ_विचारको घनत्वले
हिरण्यगर्भ
अन्धकारमय छ
अब एउटा सुपरनोभा
महाविस्फोटले
सायद सिर्जना गर्नेछ
नयाँ अन्तरीक्ष
-राजनीतिको_
नयाँ क्षितिज
अनि बन्नेछ
एउटा नयाँ तारा
एउटा नयाँ सूर्य
एउटा नयाँ पृथ्वी
जहाँ विकसित हुनेछ
पखेटासहितको एउटा नयाँ मान्छे
आकाशसहितको
एउटा नयाँ विचार .
३=
बृहस्पति वा शुक्राचार्य
प्लेटो वा एरिस्टोटल
मार्क्स वा विस्मार्क
वा महात्मागान्धी
वा फुको
अथवा ग्राम्सी
वा डेरिडा
सबै सबै हराएका छन्
यही प्रेमबिहीन अन्धकारमा
जहाँ
पानीजस्तो बगेन विचार
वा चराजस्तो उडेन सपना
फूलजस्तो फक्रिएन हृदय .
४=
आऊ
नयाँ प्रकाशको
नयाँ उज्ज्यालो खोजिगरौँ
र लगाऊँ आगो
यो -अ_राजनैतिक
ब्ल्याकहोलमा .
:नरेन्द्र पराशर
No comments:
Post a Comment