ढुङ्गाजस्तो सार्हो मुटु बाँच्नु हुन्न
सानु
फूलमाथि उफ्री उफ्री नाँच्नु हुन्न सानु
।
तिम्रो स्पर्श पायो भने सिँउडी पनि
फुल्छ सक्छ
पात छैन भनी हाँगो भाँच्नु हुन्न सानु ।
नाफा-घाटा जोखी बस्ने व्यापारी हो पक्कै
आँशुमाथि एसिड हाली जाँच्नु हुन्न सानु ।
गौंडा ढुकी बसेका छन् सिकारीका जत्था
माहुरी झैँ महलाई साँच्नु हुन्न सानु ।
:नरेन्द्र पराशर
No comments:
Post a Comment