कविता बोल्छे
हावालाई उडाएर आगोलाई जलाउँछु,
म हुँ तारल्यकी बेग पानीलाई बगाउँछु ।।
सत्य प्राकृत पन्छीझैँ स्वतन्त्रता म-गाउँछु,
उज्याली हुँ, उज्यालोकै दिव्य आलोक छाउँछु ।।
आँखीझ्याल भई सानो पारावार फुकाउँछु
समुद्र एक थोपामा खाँदी खाँदी अटाउँछु ।।
म हुँ बादलकी चित्र विचित्रमय अर्थ हुँ
म हुँ अमूर्तमा मूर्त, मूर्तमा म अमूर्त हुँ ।।
:नरेन्द्र पराशर
(छन्द अनुष्टुप्)
No comments:
Post a Comment