एउटा ज्यादै थोत्रो महल छ
भग्नावशेषसमान,
‘फू’ गर्दा पनि ढल्छ कि झैँ लाग्ने
तर
ढल्दैन बैसाखको हूरीमा पनि
ढल्दैन कुनै महाभूकम्पमा पनि…..!
यस्तो सुन्छु:
त्यस प्राचीन महलमा
अनेकौँ रत्नहरू छन्
नानाथरी सङ्गीत र न्रित्यहरू छन्
खातका खात कविताका पाण्डुलिपीहरू छन्
अनेकौँ चित्र र मूर्तिहरू छन्
अनि पो म छटपटाउँछु….!
यस्तो लाग्छ:
त्यस महलको पर्खालमा
विषालु काँडाहरू जिङ्ग्रिङ्ग उभिएका छन्
भयानक सर्प, बिच्छी, खजुरा र माकुराहरू
खजानाको सुरक्षामा
सर्वदा सक्रिय छन्
म छेउ-छाउबाट हेर्छु
देख्दिँन त्यसको भोटे ताल्चा लगाएको मूल ढोका
कदाचित् देखे पनि
कसरी पस्ने त्यस धराप-महलमा ?
कुनै पासो खस्न सक्छ
सर्पले डस्न सक्छ
कुनै ढुङ्गो झर्न सक्छ
आनन्दले चलेको जीवन
कुनै पनि बेला ठहरै मर्न सक्छ…..!
यस्तो देख्छु:
मेरो ह्रिदयमा
एउटा ज्यादै थोत्रो महल छ
जराजीर्ण,
र म प्रबेश गर्न चाहन्छु
त्यस अज्ञात महलको खजानामा
र ‘रेकी’ गरिरहन्छु
त्यसको सुरक्षा व्यवस्था…..!
यस्तो मान्छु:
एक दिन त्यस महलको
भरपर्दो पालेलाई
म लिने छु आफ्नो मुहुनी वशमा
र बताईदिने छ उसले गुप्त रहस्य
जहाँबाट म सजिलै भित्र पसूँ
र अनन्त रहस्यको अनन्य आसनमा बसूँ
अनि त्यहाँबाट म
चोरेर ल्याऊँ:
कहिल्यै नदेखिएको -उज्यालो !
कहिल्यै नखाइएको -अंम्रित !
कहिल्यै नसुनिएको -नाद !
कहिल्यै नसुँघिएको -बासना !
मेरो ह्रिदयमा
एउटा ज्यादै थोत्रो महल छ
हो, म त्यस महा-महलको खजाना
लूटेरै ल्याउँछु
र दुबै हातले बाँडिदिन्छु सबैलाई…… !
:नरेन्द्र पराशर
भग्नावशेषसमान,
‘फू’ गर्दा पनि ढल्छ कि झैँ लाग्ने
तर
ढल्दैन बैसाखको हूरीमा पनि
ढल्दैन कुनै महाभूकम्पमा पनि…..!
यस्तो सुन्छु:
त्यस प्राचीन महलमा
अनेकौँ रत्नहरू छन्
नानाथरी सङ्गीत र न्रित्यहरू छन्
खातका खात कविताका पाण्डुलिपीहरू छन्
अनेकौँ चित्र र मूर्तिहरू छन्
अनि पो म छटपटाउँछु….!
यस्तो लाग्छ:
त्यस महलको पर्खालमा
विषालु काँडाहरू जिङ्ग्रिङ्ग उभिएका छन्
भयानक सर्प, बिच्छी, खजुरा र माकुराहरू
खजानाको सुरक्षामा
सर्वदा सक्रिय छन्
म छेउ-छाउबाट हेर्छु
देख्दिँन त्यसको भोटे ताल्चा लगाएको मूल ढोका
कदाचित् देखे पनि
कसरी पस्ने त्यस धराप-महलमा ?
कुनै पासो खस्न सक्छ
सर्पले डस्न सक्छ
कुनै ढुङ्गो झर्न सक्छ
आनन्दले चलेको जीवन
कुनै पनि बेला ठहरै मर्न सक्छ…..!
यस्तो देख्छु:
मेरो ह्रिदयमा
एउटा ज्यादै थोत्रो महल छ
जराजीर्ण,
र म प्रबेश गर्न चाहन्छु
त्यस अज्ञात महलको खजानामा
र ‘रेकी’ गरिरहन्छु
त्यसको सुरक्षा व्यवस्था…..!
यस्तो मान्छु:
एक दिन त्यस महलको
भरपर्दो पालेलाई
म लिने छु आफ्नो मुहुनी वशमा
र बताईदिने छ उसले गुप्त रहस्य
जहाँबाट म सजिलै भित्र पसूँ
र अनन्त रहस्यको अनन्य आसनमा बसूँ
अनि त्यहाँबाट म
चोरेर ल्याऊँ:
कहिल्यै नदेखिएको -उज्यालो !
कहिल्यै नखाइएको -अंम्रित !
कहिल्यै नसुनिएको -नाद !
कहिल्यै नसुँघिएको -बासना !
मेरो ह्रिदयमा
एउटा ज्यादै थोत्रो महल छ
हो, म त्यस महा-महलको खजाना
लूटेरै ल्याउँछु
र दुबै हातले बाँडिदिन्छु सबैलाई…… !
:नरेन्द्र पराशर
No comments:
Post a Comment