अधरमा मुसकान गुलाफको
नयनमा छ प्रभाव शराबको
गमनमा छ मनोहर चाल नि
सम सुधा कति सुन्दर छ्यौ तिमी !
मदनका मद छन् मुटु माझमा
तदपि सौम्यपना छ स्वरूपमा
विपिनकी पुतली सम छ्यौ तिमी
सम सुधा कति सुन्दर छ्यौ तिमी !
वनभरी हलुका जब हिँड्दछ्यौ
चकचके शिशुझैँ जब डुल्दछ्यौ
मधुरता तब आउँछ प्रेम नि
सम सुधा कति सुन्दर छ्यौ तिमी !
विटपका तरु-पात मुसार्दछ्यौ
जगतको सजिलै मन तान्दछ्यौ
गगनकी विधु चन्द्र प्रभा तिमी
सम सुधा कति सुन्दर छ्यौ तिमी !
: नरेन्द्र पराशर
(शृङ्गारसुधा कवितासङ्ग्रहबाट)
नयनमा छ प्रभाव शराबको
गमनमा छ मनोहर चाल नि
सम सुधा कति सुन्दर छ्यौ तिमी !
मदनका मद छन् मुटु माझमा
तदपि सौम्यपना छ स्वरूपमा
विपिनकी पुतली सम छ्यौ तिमी
सम सुधा कति सुन्दर छ्यौ तिमी !
वनभरी हलुका जब हिँड्दछ्यौ
चकचके शिशुझैँ जब डुल्दछ्यौ
मधुरता तब आउँछ प्रेम नि
सम सुधा कति सुन्दर छ्यौ तिमी !
विटपका तरु-पात मुसार्दछ्यौ
जगतको सजिलै मन तान्दछ्यौ
गगनकी विधु चन्द्र प्रभा तिमी
सम सुधा कति सुन्दर छ्यौ तिमी !
: नरेन्द्र पराशर
(शृङ्गारसुधा कवितासङ्ग्रहबाट)
No comments:
Post a Comment