Love Himalaya : Exploring Sound & Light.

Arising Voice for Humanity. Morality. Nature Conservation. Meditation. Veganism. Literature. Love, Compassion.....& many more....

Thursday, January 3, 2013

सपना

सपनाका पुतलीहरूलाई फुक्का छोडिदिएँ मैले

र उडाइदिएँ सपनाकै बगैचाहरूमा
अनेकौं प्रफुल्ल स्वप्नपुष्पहरूका
अमृतमय परागहरूमा
रमाइरहे मुक्त सपनाका उन्मुक्त पुतलीहरू……
स्वप्नहीनताकोविरूध्धमा
अनन्त सपनाका अद्भुत् नन्दन बागहरू सजाएर
बहाइदिएँ  सपनाकी पवित्र गंगा
पारावार खुलेको स्वप्नमय ह्रिदयको फाँटमा…..
सपनाका तोरीबारीहरू
सपनाका हिमचुचुराहरू
सपनाका मानसरोबरहरू
सपनाका आकाशगंगाहरू
यी सबै सबै प्राप्य छन्
सपनाका उत्तप्त तरंगहरूमा…..
मेरा सपनाका पुतलीहरू रमाइरहे
प्रत्येक स्वप्नपुस्पहरूलाई सुनाइरहे
कुनै गुप्त रहश्य
“जन्मजात थाकेर सुतेकाहरूले
कसरी देख्नु सपना
ढुंगाहरूले बरू देख्न सक्लान् सपना
तर लाशहरूले कसरी देख्नु सपना……!”
सपनाका पुतलीहरू कहिल्यै थाकेनन् उडेर
रंग् माथि रंग् थप्दै उडिरहे
आनन्द माथि आनन्द थप्दै उडिरहे
दुबै पखेटा फैलाएर
सपनाकै आकाशतिर उडिरहे
सपनाका अगणित रंगीन पुतलीहरू
मेरा सपनाका आखा नजिक उडिरहे
सपना देख्न सिकाउंदै
उडिरहे
उडिरहे……!


:नरेन्द्र पराशर
Posted by Narendra Parashar at 1:51 AM
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

No comments:

Post a Comment

Newer Post Older Post Home
Subscribe to: Post Comments (Atom)

Live Traffic Feed

Followers

About Me

My photo
Narendra Parashar
Vegan. Shy and Solitary.Meditation Practitioner. Interested in Philosophy, Literature, Psychology, Environmental Concerns.......& Many More......!!!
View my complete profile

Blog Archive

  • ►  2025 (1)
    • ►  June (1)
  • ►  2020 (5)
    • ►  May (4)
    • ►  April (1)
  • ►  2019 (6)
    • ►  November (4)
    • ►  February (1)
    • ►  January (1)
  • ►  2018 (1)
    • ►  April (1)
  • ►  2017 (4)
    • ►  December (1)
    • ►  November (2)
    • ►  March (1)
  • ►  2015 (2)
    • ►  May (1)
    • ►  February (1)
  • ►  2014 (11)
    • ►  December (1)
    • ►  May (2)
    • ►  April (2)
    • ►  February (2)
    • ►  January (4)
  • ▼  2013 (129)
    • ►  December (2)
    • ►  September (1)
    • ►  August (2)
    • ►  July (3)
    • ►  June (1)
    • ►  May (6)
    • ►  April (7)
    • ►  March (4)
    • ►  February (3)
    • ▼  January (100)
      • पृथ्वी: यसका अनेक आयामहरू
      • भयङ्कर भोक
      • 'करोडौँ सूर्यहरूको अन्धकार’मा पर्यालेखनको उज्यालो'
      • म कवि
      • 'गधा'
      • विद्वान् हरूका नाममा
      • The Air or the Wind Upanishad
      • छोरीप्रति
      • २२ मार्च : अर्थात् विश्व पानी दिवस : पानीको कुरो
      • दिव्य हल्ला
      • नेपाली साहित्यमा ‘शुभलोचना’
      • नयनराज पाण्डेको “उलार” :
      • ग्लोबल वार्मिङ
      • नारी
      • तिम्रो हृदय
      • समर्पण
      • “हजार वर्षको निद्रा” मा मस्त: कवि भूपिन व्याकुल
      • बहिनीलाई
      • मन्त्री
      • कालीदास भनेर कोकिल अरू काला भएता पनि
      • शाकाहार: एक सम्पूर्ण भोजन
      • भूमिगतलीला : दुईहजार बत्तीस
      • राजधानीमा चुणामणि सर
      • ह्रिदयको महल
      • कुरुक्षेत्रमा पराशर
      • पन्छी
      • चरा, गणित र मान्छे
      • दन्तेवाडामा अरुन्धती रोय
      • ‘भुइँफूलको देश’ मा अध्यात्म अनुराग
      • ए नेताजी, यता सुन्नु त
      • प्रार्थना
      • तानाशाहहरू विरुद्ध
      • जानुकाको सपना
      • कुण्ठा
      • देवघाटमा पराशर
      • मेरी श्रीमती
      • मेरो कविता, मेरै लागि
      • एकता
      • निरासा छाउने भाषा नउठाऊ महाशय
      • मान्छे को मन
      • तिम्रो जवानी
      • जान दुर्भाग्य भो भनी
      • वन
      • “प्रणय-दिवसको उपलक्ष्यमा मेरो प्रेम-पत्र : गीता को...
      • कथा
      • म्यारिज्, सत्ता र माल
      • धन्यवाद सर
      • लाश
      • माफियालाई जवाफ
      • क्रमभङ्गता
      • पराशर ऋषि र उर्बशी
      • यो कविता होइन
      • तिम्रो केश
      • सपना
      • डाक्टर श्री होमनाथ
      • “तिमी मेरो क्यानभासमा”
      • महाकवि देवकोटाको अन्तिम कविता
      • फूलको आँखामा : फूलै संसार
      • O saint, You suffered much
      • एउटा कथा सङ्रहको बारेमा
      • “अनन्त-चक्र”
      • “Ode to Suma”
      • “देश”
      • Mrittika upanishad (The Soil or The Earth Upanishad)
      • तिम्रा औँलाहरू
      • “मनको तीर्थयात्रा”
      • A Holy Song :“The Water Upanishad”
      • “पानी”
      • “युद्धप्रसाद मिश्र को सम्झनामा”
      • “प्रश्नोत्तर”
      • “युवा नेता हुँदैन र ?”
      • “सम्मोहन”
      • “यो के भयो के भयो”
      • “तिम्रा पाउ पुज्छु प्रिया”
      • “लिम्बु माइलाको भट्टी”
      • सपना
      • “Vanaspatyopanishad” (The Plant Upanishad). “
      • कलकल कवितामा
      • प्रोजेक्ट
      • दुई मुक्तक
      • सम सुधा कति सुन्दर छ्यौ तिमी
      • तिम्रो काख
      • कविता, कविताजस्तै हुनैपर्दछ सुन्दर
      • बूढो पीपलबोट र नयाँ पुस्ताको आगमन
      • छन्दलेखनका चुनौतीबीच ‘माटो र मुटु’
      • पृथ्वीको जीवनमा संकट:सन्दर्भः पृथ्वी दिवस
      • छन्दको परिधि र कविताको आधुनिक सन्दर्भ
      • झम्सिखेलमा सर्जकको कुम्भमेला
      • कोरियाली कवयित्री यू जेओङसँग अन्तरंग
      • बन मन्त्री लाई बन को आह्वान
      • तिमी चाड तिमी पर्व तिमी आनन्द उत्सव
      • स्वर्गमा के छ र ?
      • उषा
      • “पूर्णा” मा समर्पण
      • रामेका बा
      • ‘शिखरका खरका झुपडी मुनि’
      • यो प्रेम गर्ने परमेश्वरै हो
      • “तिमी”
      • वाचा
  • ►  2012 (1)
    • ►  June (1)
  • ►  2010 (2)
    • ►  May (2)
Picture Window theme. Powered by Blogger.