हे पयोधि !
हे म्रित्तिका !
हे पवन !
हे किरण !
हे गगन !
तिमीले वनस्पति दिन्छौ
वनस्पतिले प्राणी जगत्
अनि धर्तीमा महामनुष्य जन्मिन्छ
र भन्छ
‘……वसुधैव कुटुम्बकम्….!’
अथवा
‘असतो मा सद्गमय
हे सृष्टिका आदिकारण
हे पञ्चतत्व,
तिमीबाट म र मबाट तिमी
हामी दुई
उत्पाद-व्ययमा
अनादिकालदेखि
लुकामारी खेलिरह्यौँ
न तिमी थाक्यौ
न म थाकेँ
तिमीले मलाई मारिराख्यौ
म जन्मिइ राखेँ
अर्थात् ‘तत्वमसि, अहम् ब्रह्मास्मि !’
: नरेन्द्र पराशर
हे म्रित्तिका !
हे पवन !
हे किरण !
हे गगन !
तिमीले वनस्पति दिन्छौ
वनस्पतिले प्राणी जगत्
अनि धर्तीमा महामनुष्य जन्मिन्छ
र भन्छ
‘……वसुधैव कुटुम्बकम्….!’
अथवा
‘असतो मा सद्गमय
तमसो मा ज्योतिर्गमय
मृत्योर्माऽमृतं गमय !’हे सृष्टिका आदिकारण
हे पञ्चतत्व,
तिमीबाट म र मबाट तिमी
हामी दुई
उत्पाद-व्ययमा
अनादिकालदेखि
लुकामारी खेलिरह्यौँ
न तिमी थाक्यौ
न म थाकेँ
तिमीले मलाई मारिराख्यौ
म जन्मिइ राखेँ
अर्थात् ‘तत्वमसि, अहम् ब्रह्मास्मि !’
: नरेन्द्र पराशर
No comments:
Post a Comment