Thursday, January 3, 2013

प्रोजेक्ट


काम गर्ने कुरा भन्दा गफ गर्न सिकाउँछु
विज्ञ-अनुभवी भन्दै आफ्नै मान्छे झिकाउँछु !

बालुवामा सधैँ हाल्छु पानी खुब मजासँग
पर्ख केही नयाँ हुन्छचिप्लो बोल्छु सबैसँग !

आय-आर्जनको नारा बाख्रा पाल्न लगाउँछु
अनुगमनका लागि हेलिकप्टर पठाउँछु !

सरकारी सबै काम, कर्मचारी खराब छन्
फितला, भ्रस्ट छन् भन्छु आफू लाखौँउडाउँछु !

साना उद्यममा ठूलो आम्दानी छ सिकाउँछु
मनिटरिङ्गभनी फेरि ठूलो थैलोझिकाउँछु !

प्रोपोजलबिना केही हुन्न भन्छु, पठाउँछु
भो इम्प्लिमेन्टसन्भन्दै सही छाप हनाउँछु !

झोला तुम्लेट् भिराएर राम्री केटी खटाउँछु
बुढी हुन्छे, बिहे हुन्न ! नयाँ अर्की पठाउँछु !

फर्मेट्- ग्राफहरू चट्ट पार्छु, भर्छु, सजाउँछु
पावर् पोइन्ट् र ल्याप्टप् मै सारा काम सकाउँछु !

अनेकौँ थरिका नौला कार्यक्रम बनाउँछु
मन्त्रीलाई पिलाएरआफ्नो कुरा भनाउँछु !

दिन्छु दिन्छु भनी हिँड्छु थैली च्याप्प समाउँछु
दिने तालिम मात्रै हो बाँकी आँफै कमाउँछु !

(नरेन्द्र पराशर) :

No comments:

Post a Comment