हे प्राण,
तिमीले पान्चभौतिक देहलाई
गति दिएका थियौ
लय दिएका थियौ
नाद दिएका थियौ
अम्रित दिएका थियौ
र त्यो देह
बाल, युबा र ब्रिद्धावस्थामा समेत
आफ्नो स्वधर्म र स्वभावमा
क्रियाशील थियो
लोभ, मोह र ईर्ष्याको
अनन्त जालोमा जेलिएर…….!
र त्यो देह
ईन्द्रियहरूका परस्पर फाइदा र घाटामा
खुशी र दुक्खी हुन्थ्यो……!
हे प्राण,
तिम्रो परित्यागले
घाटको चितामाथि
लढिरहेछ
पूर्ण स्तब्ध !
पूर्ण शान्त !
पूर्ण अचल !
मान्छेको एउटा लाश !
: नरेन्द्र पराशर
तिमीले पान्चभौतिक देहलाई
गति दिएका थियौ
लय दिएका थियौ
नाद दिएका थियौ
अम्रित दिएका थियौ
र त्यो देह
बाल, युबा र ब्रिद्धावस्थामा समेत
आफ्नो स्वधर्म र स्वभावमा
क्रियाशील थियो
लोभ, मोह र ईर्ष्याको
अनन्त जालोमा जेलिएर…….!
र त्यो देह
ईन्द्रियहरूका परस्पर फाइदा र घाटामा
खुशी र दुक्खी हुन्थ्यो……!
हे प्राण,
तिम्रो परित्यागले
घाटको चितामाथि
लढिरहेछ
पूर्ण स्तब्ध !
पूर्ण शान्त !
पूर्ण अचल !
मान्छेको एउटा लाश !
: नरेन्द्र पराशर
No comments:
Post a Comment