मनोरमा,
मनोरमा गीता !
ह्रिदयभरिको माया, मुटुभरिको श्रद्धा !!
प्यारी गीता, तिमीलाई म क्षणप्रतिक्षण सम्झिइ रहन्छु । तिमीलाई नसम्झुँ भन्छु तर पनि बिर्सन सक्दिनँ । गीता, म तिमीलाई मेरा केही कुरा भन्न चाहन्छु । थोरै कुरा छर्लङ्ग पार्न चाहन्छु । र, ह्रिदयका सम्पुर्ण कुरा सदाका लागि समाप्त पार्न चाहन्छु ।
श्री-सौन्दर्य सत्या: गीता,
तिमी मसँग बोल्दिनौ । मलाई आनन्द लाग्छ । तिमी मसँग नबोले पनि मलाई आनन्द लाग्छ । मसँग नबोले पनि, मेरो छेउमा नआए पनि, तिमी कता कताबाट मेरा आँखासामु प्रकट हुन्छ्यौ । तिम्रो दिव्यता, तिम्रो अलौकिकता, तिम्रो ऋत मेरोसामु अन्धकार चिर्दै बलिरहेको दीपझैँ प्रज्वलित हुन्छ । म विमुग्ध हुन्छु, तिम्रो आभा देखेर । अनि मलाई आनन्द लाग्छ ।
तिम्रो साक्षात्कारपछि म निस्कपट फूलजस्तो, सानो बिरूवाजस्तो, चराको सानो र प्यारो बच्चाजस्तो, सानो र स्वस्थ शिशुको मुसकानजस्तो….. हो, म अनायास कोमलतामा प्राप्त हुन्छु । मलाई आनन्द लाग्छ । प्रातमा, मध्यान्हमा, सन्ध्यामा, म चाहन्छु कि तिम्रो दर्शन पाऊँ । तिम्रो आशीर्वाद पाऊँ । तिम्रो पवित्र ह्रिदयको कल्याण पाऊँ । तिम्रो प्रेम पाऊँ । अनि कुनै सानो केटो मामाघर पुगेजस्तै रमाउँन पाऊँ । खासमा, तिम्रो एक झलक द्रिष्टि पाऊँ । र निमेषभरको त्यस झलकको मातले उफ्रिन, कराउँन र साँचो अर्थमा तथाकथित् सभ्यताविरूद्ध चिच्याउँन पाऊँ ।
प्यारी दर्शनिक गीता,
मेरो जीवनको आध्योपान्त तिमीलाई थाहा छ । मलाई आनन्द लाग्छ । तिमी सबै कुरा जानेर पनि केही नजानेझैँ गर्छ्यौ । चिनेर पनि नचिनेझैँ गर्छ्यौ । देखेर पनि नदेखेझैँ गर्छ्यौ । मलाई आनन्द लाग्छ । तिमी कहिलेसम्म यसो गरिरहन्छ्यौ ? मप्रति रिस नउठे पनि रिसाएझैँ गर्छ्यौ । मैले प्रेमपुर्वक ‘मनोरमा’ भनेर बोलाएको पनि नसुनेझैँ गर्छ्यौ । मलाई आनन्द लाग्छ । वास्तवमा तिम्रो सुन्दर द्रिष्टिप्रति मानिसहरू भ्रमित छन् । तिम्रो कोमल वाणी र त्यसको श्रवणप्रति मानिसहरू बिमोहित छन् । तिम्रो सुन्दर स्वरूप र निर्मल सिर्जनाप्रति मानिसहरू विचलित छन् । मलाई आनन्द लाग्छ । उनीहरूले तिमीलाई गुमाएका छन् र मैले तिमीलाई नपाएर पनि मुटुभरि प्राप्त गरेको छु ।
प्रिय क्लिष्ट गीता,
जवान मानिसहरू जो तिमी नजिक आउनुपर्थ्यो, उनीहरू नखानु पर्ने कुरा खान्छन् । नजानु पर्ने ठाउँमा जान्छन् । सुन्नु नपर्ने शब्दहरू सुन्छन् । नहेर्नु पर्ने द्रिश्यहरू हेर्छन् । नसुघ्नु पर्ने गन्ध सुँघ्छन् । र, अन्त्यमा नभोग्नु पर्ने परिणाम भोग्छन् । एक दिन यस्तो पनि आउने छ कि आज ज-जसले जे जे कुरा गर्दै छन्, कुनै दिन आफुले चाहेको कुरा अरू कसैले गरिदिने छैन । जस्तो कि, आज एउटा जवान ठिटो आफैँ केश कोर्छ, जुत्ता लगाउँछ, चिटिक्क पर्छ र मनमा अनेकौ सपना सजाएर बजारतिर निस्कन्छ । तर भोलि त्यो दिन आउँने छ, त्यसबेला न ऊ आफैँ केश कोर्न सक्छ न त जुत्ता लगाउँन सक्षम हुने छ । त्यो पलमा ऊ मन्दिर जाने चाहना गर्नेछ तर उसलाई छोरा-नातिहरूले तुलसीको मठमा लैजान पनि हिच्किचाउने छन् । तिमीले मेरो कुरो बुझिसकेकी छ्यौ । मलाई आनन्द लाग्छ ।
मेरी प्यारी प्रज्ञा,
जस्तो तिमीले गुण र रूप पाएकी छ्यौ, त्यसको म श्रद्धा गर्छु । मलाई तिमी अपनाऊ र म तिमीलाई अपनाउछु । अनि म केही ठट्टा गर्छु, तिमी सुन र हाँस, अनि तिमी केही ठट्टा गर र म सुन्छु र हांस्छु । तिमी मलाई हेर र म तिमीलाई हेर्छु । तिमी कविता बन र म कवि बन्छु । साच्चै गीता, म किन झूटो बोलुँ ? तिम्रोसामु म मेरा दुबै खाली हातहरू आकाशतिर फर्काई मेरा हत्केलाले बनेको एक अन्जुली झोली तिमीतिर फैलाउँछु । र घुँडा टेकेर तिम्रो आशीर्वाद माग्छु । तिमी मेरो रिक्तता दुर गरिदेऊ ताकि म तिमीमै विलय भएर अज्ञात स्थानमा जान पाऊँ । तिमीमै एकाकार हुन पाऊँ । जगत्को लाजले रून नसकेको म एकपटक डाँको छोडेर रून सकुँ वा सभ्यताको डरले हाँस्न नसकेको म मानिसहरूले भरिएको बजारमै खित्का छोडेर हाँस्न सकुँ… । संस्कार र संस्क्रितिको डरले दिल खोलेर नाच्न नसकेको म एकपटक बिना मादल नाच्न सकुँ । प्रिय गीता, तिमी द्रष्टा बन, म द्रिष्टि बनुँला…. तिमी द्रिष्य बनिदेउु…. म द्रष्टा बन्छु ।
म तिम्रो नाममा हजारचोटि पागल हुन स्वीकार गर्छु । म तिम्रोसामु लम्पसार परेर भन्छु: तिमी सबैकी हौ र मेरी पनि…. भोलि बिहानै म तिमीलाई भेट्ने वाचा गर्दै बिदा हुन्छु….!!
उही तिम्रो भक्त
नरेन्द्र पराशर

No comments:
Post a Comment