कविता नसुना कवि… !
कुपोषणले ग्रस्त
राल सिँगानले लतपत
जातीय-युद्ध-विभीषिकाको छायामुन्तिर
अभिशप्त जीवन घिसार्ने
कुनै क्षीणकाय शिशुजस्तो
के सुन्नु तेरो कविता…
अरु केही कुरा सुना
कविता नसुना कवि…!
तैँले ठानेको
दिव्य श्रिङ्गार…
अनुपम सौन्दर्य…
असीम चैतन्य…
अकल्पनीय बोध…
वा त्याग… वा महाभोग…को
अविश्वसनीय काल्पनिक कुरा…
छोड्दे तेरो फाल्तु कुन्ठा
अरु केही कुरा सुना
कविता नसुना कवि…!
फर्सीको बियाँभित्र
गुप्तबास बस्ने
भित्रभित्रै जरा हाल्ने
र फर्सीको जराजस्तै
गुजुल्टिने तेरो कविता
स्यालको सिङ् खोज्न प्रेरणा दिने
‘वनमान्छेको हड्डी’ खोज्दै हिँड्नेहरूलाई
काम लाग्ने
अथवा गन्हाउँने जुत्तामोजा हालेर
बनाएको लोकल ठर्राजस्तो
अति विक्रित
अति आधुनिक
के सुन्नु तेरो कविता
अरु केही कुरा सुना
कविता नसुना कवि…!
क- कलाबिहीन
वि- विचारबिहीन
ता- तारतम्यबिहीन
सपनाको शिवालयमा
कल्पनाको शिवरात्री मनाउने
कुनै गँजडीको विनम्र मनोदशाको उपद्रोहीनता जस्तो
चारैतिर बैराग लाग्ने
तेरो काइते कविता
अरु केही कुरा सुना
बरू तेरी बहिनीको हालचाल सुना
कविता नसुना कवि…!
: नरेन्द्र पराशर
कुपोषणले ग्रस्त
राल सिँगानले लतपत
जातीय-युद्ध-विभीषिकाको छायामुन्तिर
अभिशप्त जीवन घिसार्ने
कुनै क्षीणकाय शिशुजस्तो
के सुन्नु तेरो कविता…
अरु केही कुरा सुना
कविता नसुना कवि…!
तैँले ठानेको
दिव्य श्रिङ्गार…
अनुपम सौन्दर्य…
असीम चैतन्य…
अकल्पनीय बोध…
वा त्याग… वा महाभोग…को
अविश्वसनीय काल्पनिक कुरा…
छोड्दे तेरो फाल्तु कुन्ठा
अरु केही कुरा सुना
कविता नसुना कवि…!
फर्सीको बियाँभित्र
गुप्तबास बस्ने
भित्रभित्रै जरा हाल्ने
र फर्सीको जराजस्तै
गुजुल्टिने तेरो कविता
स्यालको सिङ् खोज्न प्रेरणा दिने
‘वनमान्छेको हड्डी’ खोज्दै हिँड्नेहरूलाई
काम लाग्ने
अथवा गन्हाउँने जुत्तामोजा हालेर
बनाएको लोकल ठर्राजस्तो
अति विक्रित
अति आधुनिक
के सुन्नु तेरो कविता
अरु केही कुरा सुना
कविता नसुना कवि…!
क- कलाबिहीन
वि- विचारबिहीन
ता- तारतम्यबिहीन
सपनाको शिवालयमा
कल्पनाको शिवरात्री मनाउने
कुनै गँजडीको विनम्र मनोदशाको उपद्रोहीनता जस्तो
चारैतिर बैराग लाग्ने
तेरो काइते कविता
अरु केही कुरा सुना
बरू तेरी बहिनीको हालचाल सुना
कविता नसुना कवि…!
: नरेन्द्र पराशर
No comments:
Post a Comment