Wednesday, January 2, 2013

यो प्रेम गर्ने परमेश्वरै हो


यो प्रेम गर्ने परमेश्वरै हो
डोर्‍याउने यो परमेश्वरै हो
आनन्दको ईश्वर छेउ आयो
आकाश झैँ व्याप्त भएर आयो !

छातीभरी झोल बगेर आयो
कोइलीको बोल गरेर आयो
अमूल्यको मोल दिएर आयो
उन्मुक्तिको घोल पिएर आयो!

हाँस्दै अहा सुन्दर चीज आयो
चैतन्यको अन्तिम बीज आयो
विस्तीर्ण फैलावटसाथ आयो
अज्ञात आकर्षण मात आयो !

ढल्केर हल्का अनुराग आयो
प्यारीसँगै त्यो कति छेउ आयो
लौ प्रेमको गीत बजेर आयो
कैल्यै नजाने गरी छेउ आयो !

यो धर्म गर्ने परमेपरमेश्वरै हो
सत्कर्म गर्ने परमेश्वरै हो
ऐश्वर्यको नन्दन पुष्प आयो
त्यै पुष्पले जीवन स्वाद छायो !!

:नरेन्द्र पराशर

No comments:

Post a Comment