देश बेचिसकिस् भेष बेचिसकिस्
राष्ट्रको अस्मिता बेच्नुबेचिसकिस्
देश हाँक्ने सबै नीति ती खा-उडा
भ्रष्ट मन्त्री तँ होस् खा-उडा-ला-उडा….. !
पेट तेरो बढ्यो लाल गाला भयो
देश-बासीहरूको त छाला गयो
लाख ग्रामीण ती रुङ्ग्दछन् झोपडी
उच्च प्रासद तेरो भयो के गरी….. ?
‘काम दे, माम दे’ बोल्छ मान्छे जब
आततायी उठे भन्दछस् गज्जब !
जुर्मुराए जहाँ दीन-दुक्खी उठे
ठोक्छ गोली त तेरो प्रजातन्त्रले…..!
मौन सारा बसे बल्ल स्याबास छ
बोल्न खोजे भने घोर सन्त्रास छ
यो प्रजातन्त्र तेरै भयो खा-उडा
भ्रष्ट मन्त्री तँ होस् ! खा -उडा-ला-उडा !
(छन्द :स्रग्विणी : तीन तीन अक्षरमा बिश्राम)
(समद्रिष्टि साप्ताहिक: वर्ष ४ अंक १९, २०५८।१।२३ मा प्रकाशित)

No comments:
Post a Comment