कलकल कवितामा नाम तिम्रै म लेख्छु !
छङ छङ छहरामा नाम तिम्रै म सुन्छु
लह लह हरियाली रूप तिम्रै म गुन्छु !
किन किन म बिलाएँ तापको छेउ आएँ
म त छु तरल प्यारी प्रेमको छेउ आएँ
टह टह छ जुनेली चित्र तिम्रै म देख्छु
कल कल कवितामा नाम तिम्रै म लेख्छु !
तरल सरल मेरो छातीमा छाप तिम्रो
कुसुमित भई फुल्ने प्रेमको धाप तिम्रो
अतिशय मसिना ती स्निग्ध स्वप्ना म देख्छु
कल कल कवितामा नाम तिम्रै म लेख्छु !
पल पल किन प्यारी विम्ब तिम्रै म देख्छु
कल कल कवितामा नाम तिम्रै म लेख्छु !
कमल नयन तिम्रा दृष्टिमा नै अटाऊँ
नरम नरम तिम्रो केशमा नै अटाऊँ
मधुर सरस तिम्रो आँतमा नै अटाऊँ
अब हरपल तिम्रो प्रेममा नै अटाऊँ !
चम चम शशी तारा चम्किंदा सत्य देख्छु
कल कल कवितामा नाम तिम्रै म लेख्छु !
नरेन्द्र पराशर :
(शृङ्गारसुधा कवितासङ्ग्रहबाट)
छङ छङ छहरामा नाम तिम्रै म सुन्छु
लह लह हरियाली रूप तिम्रै म गुन्छु !
किन किन म बिलाएँ तापको छेउ आएँ
म त छु तरल प्यारी प्रेमको छेउ आएँ
टह टह छ जुनेली चित्र तिम्रै म देख्छु
कल कल कवितामा नाम तिम्रै म लेख्छु !
तरल सरल मेरो छातीमा छाप तिम्रो
कुसुमित भई फुल्ने प्रेमको धाप तिम्रो
अतिशय मसिना ती स्निग्ध स्वप्ना म देख्छु
कल कल कवितामा नाम तिम्रै म लेख्छु !
पल पल किन प्यारी विम्ब तिम्रै म देख्छु
कल कल कवितामा नाम तिम्रै म लेख्छु !
कमल नयन तिम्रा दृष्टिमा नै अटाऊँ
नरम नरम तिम्रो केशमा नै अटाऊँ
मधुर सरस तिम्रो आँतमा नै अटाऊँ
अब हरपल तिम्रो प्रेममा नै अटाऊँ !
चम चम शशी तारा चम्किंदा सत्य देख्छु
कल कल कवितामा नाम तिम्रै म लेख्छु !
नरेन्द्र पराशर :
(शृङ्गारसुधा कवितासङ्ग्रहबाट)
No comments:
Post a Comment