Thursday, January 3, 2013

स्वर्गमा के छ र ?

फूल कै हौ थुङा शीत टल्काउने,
छ्यौ तिमी आँतमै स्वर्ग झल्काउने
मोहनी फूलकी हौ तिमी सुन्दर,
फूलभन्दा बढी स्वर्गमा के छ र ?

चक्षुका चाहना चेहरा चारु छन्
देख्छु आकाशझै भावना चारु छन्
क्या बनाएछ है ईशले सुन्दर
भाबभन्दा बढी स्वर्गमा के छ र ?

फूलजस्तो गरी मिष्ट मुस्काउने
देख्छु मुस्कानमा विश्व मुस्काउने
भावनाकी धनी प्रेमले सुन्दर
प्रेमभन्दा बढी स्वर्गमा के छ र ?

स्वप्नकी सिर्जना मिष्ट प्यारी तिमी
स्वप्नकी तिर्सना शिष्ट प्यारी तिमी
स्वप्न लालित्यले जादु हौ सुन्दर
स्वप्नभन्दा बढी स्वर्गमा के छ र ?

:नरेन्द्र पराशर

No comments:

Post a Comment