देश त बूढो कविजस्तो होइन
देश त झन् भन्दा झन् जवान हुनुपर्छ
देश त झन् भन्दा झन् सुन्दर हुनुपर्छ
तर देश रोगी भएको छ
देश पक्का कुरूप भएको छ
देशको गालामा सौन्दर्यको छाला छैन
देशको आँखामा द्रिस्टीको श्रिस्टी छैन
देशको कानमा श्रवणको पवन छैन
देशको नाकमा घ्राणको त्राण छैन
देशको रसनामा रचनाको स्वाद छैन
देशको केश फुलेको छ
देशको दाँत फुक्लेको छ
देशको वजन घटेको छ
दमको रोगीजस्तो
देश केवल अप्ठेरो गरी स्वास फेर्छ
देश
त्यसैले उपचारको आशा गर्छ
तिमी आफैँ देशको नाडी छामेर हेर
देश अझै पनि
देश अझै पनि उपचारबिहीन भए
प्रस्ट छ
देश कुनै पनि बेला मर्नसक्छ !!!
: नरेन्द्र पराशर
देश त झन् भन्दा झन् सुन्दर हुनुपर्छ
तर देश रोगी भएको छ
देश पक्का कुरूप भएको छ
देशको गालामा सौन्दर्यको छाला छैन
देशको आँखामा द्रिस्टीको श्रिस्टी छैन
देशको कानमा श्रवणको पवन छैन
देशको नाकमा घ्राणको त्राण छैन
देशको रसनामा रचनाको स्वाद छैन
देशको केश फुलेको छ
देशको दाँत फुक्लेको छ
देशको वजन घटेको छ
दमको रोगीजस्तो
देश केवल अप्ठेरो गरी स्वास फेर्छ
देश
त्यसैले उपचारको आशा गर्छ
तिमी आफैँ देशको नाडी छामेर हेर
देश अझै पनि
देश अझै पनि उपचारबिहीन भए
प्रस्ट छ
देश कुनै पनि बेला मर्नसक्छ !!!
: नरेन्द्र पराशर
No comments:
Post a Comment