शहरभन्दा निकै टाढा रहेको शान्त वनको छेउमा उनको कुटी भए पनि त्यहाँ
ज्ञानीहरू, बुद्धिजीवीहरू, जिज्ञासुहरू, कलाकारहरू वा हरप्रकारका महिला र
पुरुषहरूको आवत-जावत भइरहन्थ्यो । कवि प्रेमभद्र ब्रह्मचारी भएको हुनाले
उनी आफुकहाँ आउने अतिथिहरूलाई आफैँ यथायोग्य खान-पानले स्वागत गर्दथे ।
कोही सेवक राखे कामकाजमा सजिलो हुने धेरै प्रकारको सल्लाह र सुझाव पाए पनि
अर्काको श्रम खाँदा यही लोकको भविष्यमा र परलोकमा समेत भलो नहुने ठानी
उनले त्यसप्रकारको सल्लाह समेतलाई वास्ता गरेका थिएनन् ।
कविको बासस्थान भएकोले उक्त क्षेत्रलाई ‘कवि-कुन्ज’ पनि भनिन्थ्यो । कविकुन्ज वरिपरि कवि प्रेमभद्रले विविध प्रकारका फूलहरू रोपेका थिए । बार्हैक महिना त्यहाँ अनेक जातका रङ्गी-बिरङ्गी फूलहरू फुलिरहन्थे । त्यसै गरी फल्फूलका बोटबिरूवाहरू पनि आकर्षक थिए । वन-जङल, फल्फूल आदिले सम्पन्न क्षेत्र भएको कारणले त्यहाँ अनेक थरिका चराचुरूङ्गी, पुतलीहरू पनि यत्र-तत्र देखा परिरहन्थे । कविकुन्जमा पुगेपछि जो सुकै सर्वसाधारणको मन आनन्दले विभोर हुन्थ्यो । कवि प्रेमभद्रले आफ्नो कुटी परिसरलाई बाँसका भाटाहरूले बनाएको बलियो बारले राम्ररी घेरेका पनि थिए । यसो हुँदा उनी जङ्गली जनावरहरूबाट डराउनु पर्दैनथ्यो । एक दिन वन-बिहार गएको बेला कविले म्रिगको सहाराबिहीन टुहुरो र घाइते शिशु भेट्टाए र कुटीमा ल्याएर उचित पालन-पोषण गरी हुर्काए, बढाए । उक्त म्रिगको पाठोले गर्दा कवि-कुन्जको शोभा दुगुना बढेको थियो । प्रेमभद्रले सो म्रिग-शावक पाठोको नाम प्रेमवश ‘चन्चल’ राखिदिएका थिए । प्रेमभद्र कुनै पत्रिका वा सन्चार ग्रिहले बनाइदिएका कवि नभई आफ्नै स्वभावले बनेका कवि भएको हुनाले उनका प्राय: सबै कार्यकलापहरू ह्रिदय निर्देशित हुन्थे । उनी मान्छे, पशुप्राणी कसैलाई पनि भेद द्रिष्टिले हेर्दैनथे । तसर्थ ‘चन्चल’ उनका लागि अझ बढी प्यारो थियो । उनी चन्चललाई उत्तउलो नहुन सम्झाइ रहन्थे । तर पनि भावनामा टाढा टाढा बरालिने स्वभव भएको हुनाले उनी केही भुलक्कड पनि थिए । चन्चलले पनि कविलाई “भुलक्कड प्यारा बूढा” भने झैँ गरी उनको छेउमा गएर उफ्रिँदै आफ्नो जीवन्त उपस्थिति जनाउँथ्यो । कवि पनि निष्पाप जनावरको बच्चाको आल्हाद्कारी चन्चलता देखेर हर्षित हुन्थे । समय क्रममा चन्चल आज्ञाकारी शिष्य झै भएको थियो ।
सो कवि-कुन्ज नजिक एउटा ‘बक्र-द्रिष्टि’ नाम गरेको काग बस्थ्यो । शरीरजस्तै उसको मन पनि कालै थियो । र जङ्गलका अनेक दुष्ट जनावरसँग उसको भित्री साँठगाँठ थियो । एक साँझ ‘बक्र-द्रिष्टि’ नाम गरेको उक्त काग कविकुन्ज नजीक रहेको बकाइनोको रुखको हाँगामा बसेर ‘का: का:’ गर्दै थियो । उसले पश्चिमपट्टिबाट स्याल आउँदै गरेको देखेर आँखाहरू चनाखा पार्योक । काग ‘बक्र-द्रिष्टि’ले चिनिहाल्यो : त्यो ‘धूर्तमति’ नामक स्याल थियो । अनि ‘धूर्तमति’ स्यालले बक्रद्रिष्टि’लाई बडो इज्जत गरेर भन्यो :
“ए भान्जा बक्रद्रिष्टि, के गर्दै हुनुहुन्छ आजकाल्…. ?”
बक्रद्रिष्टिले पनि आफ्नो वर्ग-बन्धुलाई उत्तिकै प्रेमपूर्वक भन्यो : “आरामै छ मामा धूर्तमति ! तर तपाईलाई अलिक् मलीन देख्छु……के भयो र…. ?”
धूर्तमतिले शान्त भाषामा भन्यो : “भान्जा, आजभोलि सबै खराया, म्रिगहरू तीर्थ गर्न काँशी गएका रहेछन्…..केही शिकार नपाएर भोकै कुदेको पनि निकै दिन भै सक्यो…… अनि मलीन हुनु के नौलो कुरो भय्यो र भान्जा बक्रद्रिष्टि ?”
बक्रद्रिष्टि पनि मामा धूर्तमतिको कुरा सुनेर निकै भावुक भयो । धूर्तमति स्यालले आफ्नो छट्टु टाउको कविकुन्जतिर घुमाएर भन्यो :
“भान्जा, त्यता राम्रै कुटी देख्छु, को मनुवा बस्छ हँ…. ? यसो हाँस-कुखुरा पालेको छैन त्यसले ?”
बक्रद्रिष्टि कागले तत्कालै भन्यो : “एउटा बूढो कवि बस्छ मामा, बुढो शाकाहारी हो, अनि के पालोस् हाँस-कुखुरा…… ए सम्झिएँ ! बरू म्रिगको एउटा गतिलै पाठो चै पालेको छ…..”
धूर्तमति स्यालले केहिबेर निधार खुम्च्याएर सोचेपछि टाउको उठाएर भन्यो :
“भान्जा, कुरा त मिल्ला जस्तो छ…., कविहरू कोमल स्वभावका हुन्छन् भन्ने सुनेको छु ……दयालु पनि हुन्छन् भन्ने सुनेको छु । कवि बूढासँग तिम्रो कत्तिको गहिरो चिनापर्ची छ…. ?”
बक्रद्रिष्टिले आँखा घुमाएर भन्यो : “मामा, चिनापर्ची उस्तो गहिरो नभए पनि साँच्चै ऊ दयालु भने छ । उसको छेउछाउ गएर ‘क क’ गर्दा पनि डल्ला टिपेर हिर्कौँदैन बरु ‘शुभ बोल् काग, शुभ बोल्’ भन्छ त्यत्ति हो….”
" त्यति भए पुग्छ जस्तो छ, तल उत्र भान्जा……”
काग स्यालको छेउमा आयो । धूर्तमतिले बक्रद्रिष्टिको कानमा केहीबेर कानेखुशी गरेर केही भन्यो । त्यसपछि बक्रद्रिष्टि कविको कुटीतिर उड्यो ।
आफ्नो द्वारमा अनुनय-विनयको भाषामा काग कराएको सुनेर कवि प्रेमभद्र बाहिर आई कागलाई सोधे :
“के भयो हे द्रोण……?”
बक्रद्रिष्टिले बडो विनम्रतापूर्वक भन्यो : “हे दयासागर कविकेशरी, मेरी सानी छोरीकी आमा हतारमा माइती जानु परेकोले तिनले ती सानी छोरी लैजान पाइनन् । अनि आमाको माया नपाएर तिनी बच्ची रोइ रहेकी छन् ‘तिमी सुत छोरी, आमा भोलि आईहाल्छिन् नि…’ भन्दा पनि मान्दिनन्…”
कागको कुरो सुनेर कवि प्रेमभद्र द्रवीभूत भए र भने : “उसो भए मैले के गर्न सक्छु त…. ?”
बक्रद्रिष्टिले बडो चाप्लुसी घसेर भन्यो : “मेरी सानी बालिका ‘चन्चल्, मेरो साथी हो, जसरी भए पनि ल्याईदिनोस्, म उसको छेउमा मात्र सुत्छु’ भन्छे….. के गरूँ कविज्यू, मलाई त एकदमै गार्होत पर्यो , मिल्ने भए क्रिपा गरी एकरातका लागि चन्चललाई मसँग पठाई दिनुपर्यो….. !”
कविले पनि केही सोच्दै नसोची विश्वासपूर्वक चन्चललाई बोलाए अनि काग बक्रद्रिष्टिको साथ लगाएर पठाइदिए ।
तर चन्चल भोलिपल्ट पनि फर्किएन । पर्सिपल्ट पनि फर्किएन । अनि पो कवि केही झस्किए र चन्चललाई खोज्न निस्किए । तर केही पर चन्चल त होइन उसको हाड्खोड मात्र भेटियो । छेउमा चन्चल को घाँटीमा बाँधेको घुँघुँरा र काग अनि स्यालका पाइला पनि देखिए । अनि कविले चाल पाए र चन्चलप्रति समवेदना प्रकट गरे र विस्वास गर्नु नहुने जातिको विस्वास गरेकोमा आफैँप्रति पनि खेद व्यक्त गर्दै आँखाभरी आँशु पारेर भने:
“कागको क्षुद्र त्यो चुच्चो शुद्ध कैल्यै हुँदैन है
दुष्टको मिष्ट वाणीमा भलोभव हुँदैन है……. !”
: नरेन्द्र पराशर

No comments:
Post a Comment