नीलो आकाशमा सेतो टुक्रा बादलझैँ सधैँ
पानीमा जूनको छाया परेजस्तै सधैँ सधैँ
मृद गुलाफको फूलजस्तै मुस्कानदायिनी
कविता, कविताजस्तै हुनैपर्छ प्रभाविनी !
अनारदन्तमा दिव्य ज्योति चम्किन्छ मोहनी
दिव्य मुस्कानमा अर्कै अर्कै रहस्य नै छ नि
ज्यादै सुन्दर आँखा र दृष्टि पवित्र पावन
कविता, कविताजस्तै हुनैपर्छ सुनन्दन !
कविता, कविताजस्तै दिव्य सौन्दर्य भावले
कविता, कविताजस्तै मिष्ट शब्द प्रभावले
कविता, कविताजस्तै शिष्ट, शालीन निर्मल
कविता, कविताजस्तै नौनी-रूप सुकोमल !
उपमा र अलङ्कार अनुप्रास सबै मिली
चिर्रबिर्र गला खुल्ने जुरेलीकै प्रतिच्छवि
रङले, रुपले जादु भावले सारगर्विता
कविता, कविताजस्तै देख्दा दङग छु है म ता !
:नरेन्द्र परशर
मृद गुलाफको फूलजस्तै मुस्कानदायिनी
कविता, कविताजस्तै हुनैपर्छ प्रभाविनी !
अनारदन्तमा दिव्य ज्योति चम्किन्छ मोहनी
दिव्य मुस्कानमा अर्कै अर्कै रहस्य नै छ नि
ज्यादै सुन्दर आँखा र दृष्टि पवित्र पावन
कविता, कविताजस्तै हुनैपर्छ सुनन्दन !
कविता, कविताजस्तै दिव्य सौन्दर्य भावले
कविता, कविताजस्तै मिष्ट शब्द प्रभावले
कविता, कविताजस्तै शिष्ट, शालीन निर्मल
कविता, कविताजस्तै नौनी-रूप सुकोमल !
उपमा र अलङ्कार अनुप्रास सबै मिली
चिर्रबिर्र गला खुल्ने जुरेलीकै प्रतिच्छवि
रङले, रुपले जादु भावले सारगर्विता
कविता, कविताजस्तै देख्दा दङग छु है म ता !
:नरेन्द्र परशर
No comments:
Post a Comment