झम्सिखेलस्थित बुक वर्म परिसरमा उत्साह, उमंग र जिज्ञासाले प्रेरित
विविध विचारधाराका युवायुवतीको अनुहारमा झल्केको भाषा-साहित्यप्रतिको गहिरो
अनुराग र अभिरुचि हेर्दा आगामी दिनमा नेपाली साहित्यको भविष्य अझ बढी
सुन्दर हुन सक्ने भरपर्दो अनुमान गर्न सकिन्छ
अन्तरमनको अनन्त यात्रामा उडान भर्नसक्ने अद्वितीय क्षमताको कारणले नै मानिसले आफैँले आफैँलाई र जगत्लाई पनि रहस्यमय भएको महसुस गर्छ । जीवन र जगत्का यिनै रहस्यमय आयामको भारी दबाबले प्रकट हुने उकुसमुकुस र छटपटीले नै आममानिसलाई लेखनतिर हाम्फाल्न बाध्य बनाउँछ सायद र समाजमा लेखक जन्मिन्छन् । यसरी जन्मिन पुग्ने लेखकको लेखनको विविध कोण र क्षेत्र, विधि र विधाको समग्र परिवेशले नै साहित्य जन्मिन्छ, परिणामस्वरूप साहित्यिक क्षेत्र पनि बृहत् बन्ने गर्छ । साहित्य नै एउटा त्यस्तो गंगा हो जहाँ सबै प्रकारका जाति, धर्म, वर्ग, लिंग र सबै उमेर समूहका मानिस समान रूपले स्नान गर्न पाउँछन् । वास्तवमा साहित्य यस्तो खुला प्रदेश हो जहाँ जो-कसैलाई पनि प्रवेशका लागि कुनै निषेध छैन । चाहे जंगी कर्मचारी होस् वा निजामती, चाहे नेता होस् वा व्यापारी, चाहे शिक्षक होस् वा विद्यार्थी वा जोकोही नै किन नहोस् साहित्यको यस्तो मुक्त क्षेत्रमा प्रवेश गर्ने सिर्जनाकारको अनेकौँ रस र रंगयुक्त सिर्जनापुष्पको फरक स्वादको कारणले नै साहित्यले तमाम जनमानसलाई आफूतिर निरन्तर आकषिर्त गरिरहेको हुन्छ र आमपाठकले पनि साहित्यभित्र आफ्नो अनुभूतिको उपस्थिति खोजिरहेको हुन्छ । यही अनुभूतिको तालमेलले नै लेखक र पाठकबीच एक अनौठो र अदृश्य सम्बन्ध स्थापना गरिरहेको हुन्छ । तसर्थ पाठकले आफूले मन पराएका रचनाकारसँग साक्षात्कार र अन्तरक्रिया गर्ने रुचि पनि देखाइरहेको हुन्छ ।
तर, लेखक र पाठक तथा अन्य सम्पूर्ण जिज्ञासुलाई व्यवस्थितरूपले एकै ठाउँमा एकैपटक भेला हुने मौका परिरहेको हुँदैन । एनसेल नेपालको प्रायोजन तथा बुक वर्म ट्रस्टले आयोजना गरेको नेपाली साहित्य महोत्सवले नेपाली साहित्यका लेखक, पाठक, समालोचक, प्रकाशकलाई एकै थलोमा भेला हुने अपूर्व अवसर जुटायो र बुक वर्मको यही प्रयासले भदौको पहिलो साता झम्सिखेलमा चारदिने साहित्यिक कुम्भमेला लगाइदियो ।
झम्सिखेलस्थित बुक वर्म परिसरमा उत्साह, उमंग र जिज्ञासाले प्रेरित भएर प्रवेश गर्ने विविध विचारधाराका युवायुवतीको अनुहारमा झल्किएको भाषा-साहित्यप्रतिको गहिरो अनुराग र अभिरुचि हेर्दा आगामी दिनमा नेपाली साहित्यको भविष्य अझ बढी सुन्दर हुन सक्ने भरपर्दो अनुमान गर्न सकिन्छ । वास्तवमै आजको सचेत युवापुस्ताले नेपाली साहित्यलाई सावधानीपूर्वक अवलोकन गरिरहेको छ र यही पुस्ताको इच्छा अनि आकांक्षाको सघनताले नै नेपाली साहित्यको गति र दिशालाई धेरै अर्थमा निर्देशित पनि गर्नेछ । बाहिरको खुला आकाशमुन्तिर फैलिइसकेको छर्लंग उज्यालोलाई बेवास्ता गर्दै कुनै अँध्यारो कोठामा गुम्सिएर तयार पारिएका भाषिक सामग्रीले वर्तमान समयका पाठकलाई पर्याप्तरूपले सम्बोधन नगर्न सक्छन् । अर्कोतर्फ कुनै राजनीतिक विचारधारा विशेषका लागि प्रायोजित ढंगबाट तयार पारिएका जस्ता देखिने साहित्यिक (?) रचनाले पनि आमजनमानसलाई सन्तुष्टि प्रदान गर्न नसकेको अनुभव हुन्छ । स-साना झुन्ड, सिन्डिकेट र कोटेरीमा खुम्चिएर वा इनारको मुख जतिलाई सम्पूर्ण आकाश ठानेर आत्मश्लाघा वा आत्मरतिको संकुचित घेरामा रमाउने साँघुरो प्रवृत्तिले समग्र लेखनको स्तरीयतालाई पनि बन्ध्याकरण गरिदिने कुरामा कुनै शंका रहन्न । यस्ता कोटेराका गुँडबाट लेखक बाहिर निस्कन र संसारलाई आङ तानेर हेर्न र बुझ्न झम्सिखेलको कुम्भमेलाले पक्का पनि सहयोग गरेको छ । उज्यालो भएको छैन भनेर सिरकले मुख छोपेर कोही सुतिरहन सक्छ, तर भालेको डाकसँगै उठेर हिँड्नेहरूले यात्रामा धेरै दूरी पार गरिसकेका हुन्छन् ।
आजको युवापुस्ता स्वभावैले स्वप्नदर्शी हुनैपर्छ र छ । झम्सिखेलमा युवाद्वारा पुराना पुस्ताका स्रष्टामाथि उठाइएका विविध प्रश्न नै तिनका ज्वलन्त उदाहरण हुन् । त्यहाँ युवाहरूले साहित्य लेखन, प्रकाशन तथा पठनजस्ता विषयमा उठाएका महत्त्वपूर्ण जिज्ञासा र सवाल अवश्य पनि स्मरणीय छन् । युवाहरूको त्यो भीडभित्र जग्मगाउँदो नेपाली साहित्यको उर्वर वीज लुकेको प्रस्टैसँग महसुस गर्न सकिने अवस्था देखिनु अवश्य पनि खुसीको कुरा हो । साथै अधिकांश युवाका हातमा देखिएका पुस्तकले पुस्तक पढ्ने स्वभाव र त्यसको बिक्रीको स्वरूपलाई पनि संकेत गरिरहेका थिए । विविध विधामा रुचि राख्ने स्रष्टा, द्रष्टा र
वाङ्मयका शुभचिन्तकले खचाखच भरिएको हल कुनै पनि क्षण रित्तो भएको नदेखिनु आयोजकको योजनाबद्ध र बुद्धिमत्तापूर्ण कार्यकौशलको परिणाम हो । ठूला गोष्ठी सञ्चालनमा अभिरुचि देखाउने संघसंस्थाका लागि पनि झम्सिखेलको सो कार्यक्रम सिक्नलायक थियो ।
वषौर्ंदेखि तमाम साहित्य अनुरागीका हृदयमा अनुत्तरित वा गुम्सिएर रहेका कतिपय प्रश्नका उत्तर सम्बन्धित विषयका ख्यातिप्राप्त विशेषज्ञहरूबाट प्रत्यक्ष सुन्न पाउँदा वा उपस्थित श्रोतामाझ सुनाउन पाउँदा सुन्ने-सुनाउने दुवैमा तृप्ति झल्किएको देखिनु स्वाभाविक हो । झन्डै बाईस/तेईसवटा साहित्यका जल्दाबल्दा शीर्षकमा भएका गहनतम अर्थ राख्ने सेसनले मोफसलका साहित्यकारदेखि युवा सर्जकका अनुभवसम्म र साहित्यिक लेखन र जीविकोपार्जनदेखि प्रकाशनगृह र लेखकको अनुभवसम्मका बारेमा जान्न-बुझ्न पाइनु यस कुम्भमेलाका केही महत्त्वपूर्ण झाँकी थिए । अनि हरेक सेसनलाई फ्यासिलिटेट गर्ने युवाको क्षमता पनि प्रशंसनीय मानिनुपर्छ । उसैगरी नेपाली नाटक र फिल्म विषयका मात्र होइन, नेपाली अर्थतन्त्रको उन्नयनको सम्भावनासम्मका जल्दाबल्दा विषयमा छलफल र बहस हुनु पनि महत्त्वपूर्ण थियो । ती यावत् सेसनमध्येे कतिपय त निकै उत्तेजक पनि बनेका थिए । खासगरी सञ्चारमाध्यममा साहित्यको अवस्था विषयक छलफलमा हरि अधिकारी र रामदयाल राकेशबीच चलेको दोहोरी वाक्युद्धकै स्तरमा पुगेको थियो र रमण घिमिरेलाई त्यो अवस्था सम्हाल्न धौधौ परेको देखिन्थ्योे । कतिपय अवस्थामा लेखक र समालोचकबीचको सम्बन्ध असहज पनि बन्नसक्ने सम्भावनालाई नकार्न सकिने रहेनछ भन्ने कुरा त्यसवेला महसुस भइरहेको थियो ।
उसैगरी, त्यहाँ उपस्थित नारीहरूको उल्लेख्य संख्या अर्को महत्त्वपूर्ण पाटो हो । सबै उमेर समूहका नारीको सक्रिय चहलपहलले नेपाली नारी साहित्यसँगको नाता र सम्बन्धलाई अझ प्रगाढ बनाउन लालायित छन् भन्ने कुरा प्रस्ट हुन्थ्यो । यही बीचमा झमक घिमिरेले प्राप्त गरेको मदन पुरस्कार घोषणाको समाचारले उनीहरूको शिर अवश्य पनि अझै उचो भएको थियो । अर्कातिर तसलिमा नसरिनको बहुचर्चित आगमनको प्रतीक्षामा बसेका धेरैलाई उनको गैरजिम्मेवार यी अभिव्यक्तिले भने हठात् निराश बनाइदियो । सामान्यतया स्क्यान्डलमा रमाउन बानी परिसकेकी झैँ लाग्ने तसलिमा नसरिनले दक्षिण एसिया र आफ्ना छिमेकी देशबारे थाहा पाएकी थिइनन् भन्ने कुरा आफैँमा विल्कुलै अपत्यारिलो कुरा हो । टि्वटरमा रमाउन जान्नेले आफू पाहुना बन्न जाँदै गरेको देशको बारेमा बुझ्न के गाह्रो परेको हो त्यो पाटो भने रहस्यमय नै छ । के उनले प्राप्त गरेको निमन्त्रणा पत्र खाली थियो होला त ? अथवा तसलिमाको आगमनबारे आयोजक वा अरू कसैले कुनै भ्रम फैलाएको हो सो भने कहीँ पनि खुलस्त पारिएन । यस्ता अफवाहले राम्रो सन्देश नदिने कुरा पक्का छ र आगामी दिनमा हुने यसै प्रकारका अन्य कार्यक्रममा आममानिसको विश्वास गुम्नसक्ने कुरालाई सबैले समयमै ध्यान दिनु आवश्यक छ ।
समग्रमा अनुवाद साहित्यमाथि बहस नभएको र अन्तर्राष्ट्रियस्तरको भनिए पनि त्यसप्रकारको आकार र अवस्था ग्रहण गर्न नसकेको सो संगोष्ठीमा अजित बरालजस्ता भर्भराउँदा युवकको स्वप्नदर्शन, इच्छाशक्ति र आत्मविश्वास तथा एनसेल नेपालले साहित्यिक क्षेत्रमा गरेको लगानी भने साँचो अर्थमा सम्मानयोग्य मान्नुपर्छ । झम्सिखेलको यस साहित्यिक कुम्भमेलाले कमलादीमा रहेको प्रज्ञाप्रतिष्ठानमा उँघेर बस्नेहरूलाई के पाठ पढायो त्यो भने हेर्न बाँकी नै छ ।
:नरेन्द्र पराशर

No comments:
Post a Comment