‘स्वाभिमान’ भनी फेरि भिक्षा नै थाप्नु हुन्छ र ?
||1||
राष्ट्रियता दिई नारा पारि नै पस्नु हुन्छ र ?
वस्त्र आदर्शको फाल्दै भासमै खस्नु हुन्छ र ?
||2||
कुखुरे छाति बोकेर एकता अट्न सक्छ र ?
मुखले मात्र धोएर के मैला हट्न सक्छ र ?
||3||
जानुपर्छ भनी टाढा नजिकै बस्नु हुन्छ र ?
बढ्ने अगाडि ती पाउ डोरीले कस्नु हुन्छ र ?
||4||
पुराना बैद्यका देख्यौं सर्व औषधी हैन र ?
बिरामीको यता हाल अझै उस्तै छ, हैन र ?
||5||
नेताले नव्यता भुल्दा के भविष्य रुँदैन र ?
थोत्रालाई कुना फाली युवा नेता हुँदैन र ?
||6||

No comments:
Post a Comment