औद्योगिक क्रान्तिले सर्वहारा मजदुर वर्र्गलाईमात्र होइन, उन्नाईसौँ
शताब्दीमा मार्क्सवादी भौतिकवादी दर्शनलाई समेत जन्मदियो। १८४८ मा
कम्युनिस्ट घोषणापत्र प्रकाशित भएपछि छोटो अवधिमै त्यसले तमाम जनमानसको
ध्यान एकाएक आफूतिर तान्न सफल भयो र मजदूर वर्ग मालिकविरुद्ध सङ्गठित
हुनथाल्यो। शोषकवर्गको मुट्ठीमा रहेको प्रतिक्रियावादी शासनको बागडोर
सर्वहारा वर्गको हातमा ल्याई समानतामूलक सत्ता सञ्चालन गरी साम्यवादसम्म
पुग्न सकिने अवधारणासहितको दर्शनले पूँजीवादी सत्ताधारीहरुको निद्रा खराव
गरिदिन सफल भएको थियो र सोही दर्शनमा आधारित भएर लेनिनले सोभियत युनियनमा र
माओले चीनमा मजदूरकिसान वर्गको नाममा सत्ता हातमा लिएपछि कम्युनिस्टहरु
संसारभरिका पूँजीवादी वर्गकै लागि टाउको दुखाइको विषय बन्न पुगे।
कालान्तरमा नेपालमा पनि कम्युनिस्ट पार्टी खुल्यो।
मध्यमवर्गीय शिक्षित युवाहरुको सक्रियतामा खुलेको नेकपा विविध बहस र फुटबाट पनि गुजि्रयो। गणतन्त्र, क्रान्तिकारी भूमिुधार, प्रमुख दुश्मन, प्रधान अन्तरविरोध, भारतलाई हेर्ने दृष्टिकोण, संविधानसभा, संसदको उपयोग अदि आदि अनेकौँ नारा र विचारमा मतैक्य हुन नसक्दा नेकपा टुटफुटको सिकार भएको थियो। २०१७ सालपछि राजा महेन्द्रले उक्त पाटीमाथि अझै बढी निगरानी बढाएका थिए र आफू अनुकूल नरहनेहरुलाई निर्मममतापूर्वक दबाइदिएका थिए। यही क्रममा २०२८ सालको झापा विद्रोह, चितवन र रौतहटमा भएका किसान विद्रोहहरु पञ्चायतीे शासनको चर्को दमनमा परेका थिए। तर पनि द्वन्द्वात्मक भौतिकवादको वर्ग संघर्षको नियम, क्रान्ति र मुक्तिको नाराले मध्यमवर्गीय युवापुस्तालाई सदैव आकर्षण गरिरह्यो। यही कारण खान लाउँन अभाव नभोगेका शिक्षित युवाहरु कम्युनिस्ट पार्टीको झ48डामुनि भूमिगतरुपमा नै किन नहोस् गोलबन्द हुँदै गए। यस्ता युवाहरु काठमा48डौँ उपत्यकामा झन् बढी सक्रिय हुनु स्वाभाविक थियो। प्रतिबन्धित नेकपाका कार्यकर्ताहरु विभिन्नरुपले विभिन्न ठाउँमा भूमिगत हुने गर्दथे। यही भूमिगत कालमा सेल्टरहरुमा हुने कम्युनिस्ट कार्यकर्ताको दिनचर्यालाई साहित्यकार राजवले उपन्यासको रुप दिएर प्रकाशित गरेका छन् : भूमिगत लीला : दुईहजार बत्तीस।
राजनैतिक उद्धेश्यले प्रेरित पात्रहरुको बीचमा मूल पात्रा प्रतिमा शर्मालाई केन्द्रमा राखेर तयार गरिएको यस उपन्यासको स्वरुप छोटो र आकर्षक छ। काठमा48डौको मूल नेवारी थलोलाई कथाको स्थान बनाइएको छ भने प्रमुख पात्रहरु भने ब्ा्राह्मण परिवारबाटै स्थापित गरेको देखिन्छ। प्रतिमा शर्माबाहेक मूल पात्रहरु नरप्रसाद, प्रताप, अनिता थापा, हेमन्त कणेल, केदार सिंह थापाहरु राजनैतिक व्यक्तित्वहरु हुन्। राजवको यस उपन्यासमा समय र स्थान विशेषले जति महत्व बोकेका छन् तर पात्रहरुको व्यक्तित्व त्यही प्रकारले झल्किएको भन्न सकिने आधारहरु कम छन्। उल्लेखित पात्रहरुको मूल स्वरुपलाई परिधिमा राखेर यौनजन्य विकृत मनोविज्ञानको विषयलाई मात्र उजागर गर्ने कथ्यको कारणले मूल पात्रहरुको व्यक्तित्व अधोगामी हुन पुगेको देखिन्छ।
जीवनको लहलहाउँदो र ऊर्जाशील उमेरमा वामपन्थी राजनीतिक तथा दार्शनिक संगतको सान्निध्य पाएकी प्रतिमा शर्माको व्यत्तिलत्वलाई यौनजन्य क्रियाकलापकै आसपासमा उभ्याउँनु तथा उस्तै प्रकारले साधनाजस्ती युवतीलाई पनि सोही सेरोफेरोमै राखिदिँदा नेपाली वाम आन्दोलनको भूमिगत कालको राजनैतिक गतिविधि सैद्धान्तिक तथा नैतिकरुपले उन्नत थिएन भन्ने कुरा प्रवाह भएको छ। यसर्थ जीवन बोधको सवालमा पनि उपन्यासले मूल पात्रहरुलाई न्याय गर्न सकेको देखिदैन। लेखकीय मनोविज्ञानले नै उपन्यासको सम्पूर्ण अस्मितालाई निर्धारण गरेको हुन्छ। उपन्यासको समग्र अस्मिता नकारात्मक कोणबाटमात्र प्रकट हुनुमा लेखकभित्र रहेको वाम आन्दोलनप्रतिको अविश्वासले काम गरेको हुनसक्छ।
सामान्यतया चरित्रप्रधान भएर देखा परेको यस उपन्यासमा सर्वद्रष्टा लेखनले उपकथाहरु प्नि दिन सफल भएको छ। पात्रहरु तथा कथाको परिवेशभित्र द्वन्द्वात्मकता देख्न पाइए पनि तिनमा शिल्पगत नवीनता झल्किन सकेको छैन। यद्यपि पाठकहरुमा पहिलो पेजबाटै अब के होला भन्ने एकप्रकारको कौतुहलता छाउँछ। तर यो कौतुहता पछिसम्म कायम रहन सकेको देखिँदैन। पक्कै पनि प्रतिमा शर्मामाथि थोपरिएको अन्याय, पीडा तथा बर्बरताले पाठकहरुमा चर्को दबाब सिर्जना गर्छ।
यहाँनेर भूमिगत लीला दुईहजार बत्तीसको कथानक के हो त भन्ने जिज्ञासा पलाउँनु स्वाभाविक छ। काठमा48डौंको नेवारी मूलथलोकी प्रतिमा शर्मा नाम भएकी कुनै ब्राह्मण परिवारकी केटी कसरी प्रेमको प्रपञ्चहरुबाट गुजि्रदै नेपाली भूमिगत वाम आन्दोलनको सम्पर्कमा पुग्छे र ऊ कसरी प्रताडित हुन्छे भन्ने कुरा र उक्त आन्दोलनमा लागेका उपल्ला तथा मध्यमस्तरका नेताहरुको व्यक्तिगत चरित्र र दिचर्या कस्तो थियो भन्ने कुराको सेरोफेरोमा नै यो उपन्यास समाप्त हुन्छ।
राजबद्वारा लिखित उपन्यास भूमिगतलीला दुईहजार बत्तीसको कथा मूलत यत्ति नै हो तर उपन्यासमा प्रयुक्त प्रसङ्गहरु पढ्दै जाँदा पाठक कहीँ मर्माहत हुन्छ त कहीँ सशङ्कित त कतै अन्योलग्रस्त। उपन्यासको पहिलो पानाबाटै पाठकमा एकप्रकारको कौतुहलता जन्मिन्छ। र पाठकलाई कथाले तान्न थालिहाल्छ। राजबले कथाबस्तुलाई अक्षरहरुद्वारा चामत्कारिकरुपले चित्रित गरेका छन्। सरल भाषाशैली र वजनदार शब्दहरुको प्रयोगले उपन्यासलाई लालित्य प्रदान गरेको छ भने सामान्यतया काठमा48डौंमा मात्र प्रयोगमा आउँने केही स्थानिक शब्दहरुले फरक आनन्द प्रदान गरेको महसुश गर्न सकिन्छ।
यथार्थमा यो उपन्यास यौनमनोविज्ञानमा आधारित हो भन्ने कुनै बलियो प्रमाण पनि देखिदैन। कम्युनिस्ट कार्यकर्ताको अत्यासलाग्दो एकान्तिक भूमिगत जीवन, छिन्नभिन्न पारिवारिक सम्बन्ध, तानाशाही शासनले थोपरेको सन्त्रासजस्ता विषयबस्तुले चारैतिरबाट घेरिएको तनावग्रस्त एउटा युवकमा देखा पर्ने र पर्नसक्ने मनोवैज्ञानिक उतारचढावको अवस्थालाई नजरअन्दाज गरेर केवल सम्भोगको आसक्तिले ग्रस्त भएका पात्रहरु उभ्याउँदा समग्र भूमिगत कम्युनिस्ट आन्दोलन नै मौकापरस्त सम्भोगको वरिपरि घुमेको पो थियो कि भन्ने सन्देश यस उपन्यासबाट गएको छ। यस उपन्यासका सबै कम्युनिस्ट कार्यकर्ता कुनै न कुनै रुपमा बेइमान छन् र तिनले कहीँ न कहीँ महिलाहरुमाथि यौनजन्य हिंसा थोपरेका छन्। उपन्यासमा कुनै प्रकारको सैद्धान्तिक प्रशिक्षण हुँदैन। कुनै प्रकारको बैठक भएको पनि देखिदैन। आफू गर्भवती हुँदा पार्टीको उपल्लो तहमा उजुरी गर्नसक्ने उच्चशिक्षा हासिल गरेकी प्रतिमाले बन्दी जीवन सहजै स्वीकार कसरी गर्न सकी भन्न्ने प्रश्नको सटिक र भरपर्दो जवाफ उपन्यासले दिन सकेको छैन। नेवार समाजको मूल थलोको कुरा गर्दा पनि नेवारी संस्कृति र परम्पराको जीवन्त झल्को आउँन नसक्नुले उपन्यासलाई कताकता खल्लो बनाइदिएको महशुस हुन्छ। तर पनि राजबको कलममा अनौठो आकर्षण भने झल्किएको कुरामा कुनै शङ्का छैन। खासगरी नेपाली कम्युनिस्ट आन्दोलनको माध्यमिक कालको चित्रण गरेर तयार पारिएको यस उपन्यासले भूमिगत बामपन्थी राजनीति गर्नेहरुलाई पूर्वाग्रहीरुपले मर्ममै प्रहार गरेको छ भन्न सकिन्छ।
समग्रमा यस उपन्यासले प्रगतिवादी लेखनलाई मिहिनप्रकारले चुनौती दिँदै गैरवापन्थी कित्तालाई रिझाउँने भरमग्दुर प्रयास गरेको छ। जे होस् एकै बसाइमा पढी सिध्याउँन सकिने यो उपन्यासले बामपन्थी वा गैर बामपन्थी सबै प्रकारका पाठकहरुलाई एकपटक निधार खुम्च्याउँन बाध्य भने अवश्य पार्छ।
१२ चैत्र २०६७ नयाँपत्रिका दैनिक
नरेन्द्र पराशर

No comments:
Post a Comment