युद्ध टार्नका लागि सम्पूर्ण कुटनैतिक प्रयासहरू विफल भएपछि पराशरले ध्रितराष्ट्रलाई भने- ‘राजन्, आँखा खोलिबक्स्योस्…..!’ दुर्योधन र दुसाशनलाई भने- ‘राजकुमार, युद्ध हो, हार्नुहुन्छ कि ?’ शकुनीलाई भने- ‘अतिथि राजकुमार, तपाई केही दिन मौन बसिदिनुहोस्…’ तर पराशरले कठोर जवाफ पाए ‘मुनिवर, तपाई आफ्नो सन्यास सपार्नुहोस् राजनीतिमा चासो नदिनुहोस्….!’ शान्तिको अजस्र कामना गर्दै पराशरले युधिष्ठिरछेउ पुगेर भने- ‘अजातशत्रु हे धर्मराज, बरु जुवाकै खालमा जानुहोस् युद्ध-मैदानमा नजानुहोस्…!’ अर्जुनलाई भने ‘हे विशालबाहु, तिमीले जिते वा हारे पनि कुनै हालतमा स्वर्ग पाउन्नौ…’ तर पराशरले जवाफ पाए ‘हे ऋषिश्रिङ्ग पराशर, यो न्याय-अन्यायको यक्ष-प्रश्न हो तपाई शान्त रहनुहोस्…!’ अन्तिममा, बलियो आशा लिएर पराशर श्रीक्रिष्णकहाँ पुगेर भने ‘हे केशव, यो महाविनास कुनै लीला गरेर टारिदिनुहोस्…..’ अनि भगवान् श्रीक्रिष्णले मुसुमुसु हाँसेर भने- ‘हे महर्षि पराशर, परिस्थिति मेरो काबुभन्दा बाहिर गैसकेको छ…!’ अवाक्… ! महाध्वंसको छर्लङ्ग परिणाम देखेर निकै बेरसम्म टोल्हाइरहे पराशर कसरी रोकिनु सर्वद्रष्टाका आँखाबाट कोमल आँशुहरू कुरुक्षेत्रमा रगतका फाल्सा…. वीर र विद्वानका लाश हेर्नुभन्दा कालीगण्डकीमा पानीका फोका हेर्नु उत्तम… अनि हान्निए पराशर सीधै उत्तरतिर…..!!! : नरेन्द्र पराशर
No comments:
Post a Comment