संसाररूपी सुख स्वर्गभित्र
रमेँ रमाएँ लिई भित्रचित्र
सारा भयो त्यो मरुभूमि तुल्य
रातै परेझैँ अब बुझ्छु बल्ल !
रहेछ संसार निशासमान
आएन ज्युँदै रहँदा नि ज्ञान
आखीर श्रीक्रिष्ण रहेछ एक
न भक्ति भो ज्ञान न भो विबेक !
महा मरुमा कण झैँ म तातो
जलेर मर्दो बिनु आश लाटो
सुकीरहेको तरु झैँ छु खाली
चिताग्नि तापी जल डाल्न फाली !
संस्कार आफ्नो सब नै गमाएँ
म सुन्यमा सुन्य सरी बिलाएँ
जन्मे म यो स्वर्ग बिषे पलाएँ
आखीर भै खाक त्यसै बिलाएँ !
(महाकवि लक्ष्मीप्रसाद देवकोटाको अन्तिम कविता)
रमेँ रमाएँ लिई भित्रचित्र
सारा भयो त्यो मरुभूमि तुल्य
रातै परेझैँ अब बुझ्छु बल्ल !
रहेछ संसार निशासमान
आएन ज्युँदै रहँदा नि ज्ञान
आखीर श्रीक्रिष्ण रहेछ एक
न भक्ति भो ज्ञान न भो विबेक !
महा मरुमा कण झैँ म तातो
जलेर मर्दो बिनु आश लाटो
सुकीरहेको तरु झैँ छु खाली
चिताग्नि तापी जल डाल्न फाली !
संस्कार आफ्नो सब नै गमाएँ
म सुन्यमा सुन्य सरी बिलाएँ
जन्मे म यो स्वर्ग बिषे पलाएँ
आखीर भै खाक त्यसै बिलाएँ !
(महाकवि लक्ष्मीप्रसाद देवकोटाको अन्तिम कविता)
No comments:
Post a Comment