हिमाल हुन्न है कालो
मेघैले ढाकिए पनि
ढाके अन्यायले न्याय
जान दुर्भाग्य भो भनी !
हुन्निन् दुषित यी धर्ती
झारैले ढाकिए पनि,
ढाके असत्यले सत्य
जान दुर्भाग्य भो भनी !
हुन्छ आकाश त्यो नीलै
रातैले ढाकिए पनि
ढाके दुस्प्रेमले प्रेम
जान दुर्भाग्य भो भनी !
हुन्छ ह्रिदय त चोखै
माया(भ्रम)ले ढाकिए पनि
ढाके अज्ञानले ज्ञान
जान दुर्भाग्य भो भनी !
हीरा बिग्रिन्न है हेर
हिलोले ढाकिए पनि
ढाके अधर्मले धर्म
जान दुर्भाग्य भो भनी !
: नरेन्द्र पराशर
मेघैले ढाकिए पनि
ढाके अन्यायले न्याय
जान दुर्भाग्य भो भनी !
हुन्निन् दुषित यी धर्ती
झारैले ढाकिए पनि,
ढाके असत्यले सत्य
जान दुर्भाग्य भो भनी !
हुन्छ आकाश त्यो नीलै
रातैले ढाकिए पनि
ढाके दुस्प्रेमले प्रेम
जान दुर्भाग्य भो भनी !
हुन्छ ह्रिदय त चोखै
माया(भ्रम)ले ढाकिए पनि
ढाके अज्ञानले ज्ञान
जान दुर्भाग्य भो भनी !
हीरा बिग्रिन्न है हेर
हिलोले ढाकिए पनि
ढाके अधर्मले धर्म
जान दुर्भाग्य भो भनी !
: नरेन्द्र पराशर
No comments:
Post a Comment