Friday, January 4, 2013

कुण्ठा

भैँसी पालेको भए केही हुन्थ्यो कि बरु
लोकल कुखुरा पालेको भए पनि केही हुन्थ्यो कि ?
पाल्न त पाल्यो
तर विकासे कुण्ठा….!

 आँखा
कान
नाक
वा मष्तिष्कमा
अनेकौँ ग्रन्थिबन्धन गाँठेर
गोडालाई काँधमा हालेर हिँड्यो
तर पुगेन कहीँ
स-साना कोटेरीमा
आँखा जिम्मा लाएर बस्यो
देखेन
परिवर्तनको पारावार
बरु एक्-आध् सपनामात्र पालेको भए
फुल्थे-फक्रिन्थे कि कतै
अनुपम् सौंन्दर्य पुष्पहरू
पाल्न त पाल्यो तर
कुण्ठा !

हुर्कायो कुण्ठा !
र कुण्ठाकै काँडामा
सुतायो पवित्र जीवन
र ऊ
कहिल्यै पनि उठेन
ओहो पवित्र मान्छेको
अपवित्र कुन्ठा !!

: नरेन्द्र परशर

No comments:

Post a Comment