नेपाल वन प्राविधिक संघको कार्यालय, बबरमहलमा दक्षिण कोरियाबाट आएको
एउटा टोलीसँग वन तथा वातावरणसम्बन्धी अनौपचारिक छलफल कार्यक्रममा संघका
अध्यक्ष देवेशमणि त्रिपाठीले मलाई पनि सहभागी हुन बोलाउनुभएको थियो । वन
उद्यममा चासो राख्ने दक्षिण कोरियाली व्यवसायीको टोलीमा रहेकी एकजना महिला
मीठो स्वरमा विस्तारै अंग्रेजी बोल्दै थिइन् । त्यतिले नपुगेर कोरियाली
भाषालाई नेपालीमा अनुवाद गर्ने दोभाषे थिए, मित्र मोहन कार्की ।
बिहानीको कलिलो घाम लागिसके पनि शीत नओभाएको फूलबारीमा नाच्दै गरेको कुनै
छिर्के-मिर्के पुतलीजस्तै सुन्दर देखिएकी ती कोरियाली महिलाको
बोटबिरूवाप्रतिको चासो जति महत्त्वपूर्ण थियो त्योभन्दा बढी उनी कवि भएको
थाहा भएपछि मलाई झनै रमाइलो लाग्यो । भर्खरै झम्सिखेलमा अन्तर्राष्ट्रिय
साहित्य सम्मेलन सम्पन्न भएको र त्यस्तै खालको अर्को जात्रा पाटन दरबार
स्क्वायरमा सुरु हुने समाचार आइरहेका वेला कोरियाली कवि साहित्यकारसँगको
अनपेक्षित भेटघाट मेरा लागि आफैँमा महत्त्वपूर्ण हुनु स्वाभाविक थियो ।
वन, वातावरण तथा गैरकाष्ठ वन पैदावारको उन्नति र प्रवर्द्धनका लागि दुई देशबीच निजी वा सरकारी स्तरबाट गर्न सकिने सम्भावित क्रियाकलापको छलफलपछि म कोरियाली कविसँग भाषिक-सांस्कृतिक विषयमा विमर्श गर्न लागेँ । हंगिक विश्वविद्यालय, सिउल, मा कोरियाली साहित्यकी प्राध्यापक ‘यू जेओङ यी’ एकहप्ते छुट्टी मनाउन नेपाल आएकी रहिछन् । गोरो र गोलो सुन्दर मंगोल मुहार र त्यसमा फैलिएको सौन्दर्यको आभाले उनी कविभन्दा बढी कविताजस्तै देखिएकी थिइन् । कोरियाली भाषामा दुई कवितासंग्रह, एक बाल कथासंग्रह र एक समालोचनासम्बन्धी कृति रचना र प्रकाशन गरिसकेकी प्रा. यूले कोरियाली साहित्यको गतिविधिबारे मेरो जिज्ञासालाई कोकिलकण्ठी स्वरमा समाधान गर्दै गइन् । उनले भनिन्, ‘कोरियामा झन्डै बीस हजारको हाराहारीमा कविहरूको अस्तित्व रहेको छ ।’ यो निकै ठूलो संख्यामध्ये कोही परम्परावादी, कोही आधुनिकतावादी, कोही उत्तरआधुनिकतावादी, कोही अराजकतावादी, कोही समाजवादी र कोही प्रगतिवादी धारमा रचना गर्न तल्लीन रहेको बताउँदा मलाई रमाइलो लागिरह्यो । किनभने हाम्रो अवस्था पनि करिब-करिब उस्तै नै हो । कोरियाली कविहरूको रचनाधर्मितामा निहित रुचि र सपनाहरूको विविधता पनि कवि नै पिच्छे फरक रहेको उनी बताउँदै थिइन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा अनेक खालका हन्डर र ठक्कर खाएको कोरिया र त्यहाँको साहित्यिक गतिविधि सन् असीको दशकमा राजनीतिबाट अत्यधिक प्रभावित भए पनि हालका दिनमा मानवतावादी रचना अगाडि आउँदै गरेको उनले बताइन् । कविता त हृदयको साँचो र सरल अभिव्यक्तिका रूपमा प्रकट हुनुपर्ने हो, तर प्रयोगको नाममा कतिपय कविता बुझ्नै नसकिनेगरी जटिल हुँदै जानुले सर्वसाधारणबीच कविताले दिनानुदिन आफ्नो छवि, लोकपि्रयता र बजार गुमाउँदै गरेको सुन्दा म नेपाली कविताको दिशा र दशालाई पनि गहिराइबाट तुलना गर्दै थिएँ । त्यहाँ पनि उत्तरआधुनिकतावाद चित्रकला र साहित्यतिर सशक्त रूपले देखा पर्दै गएको रहेछ र नेपालमा जस्तै माक्र्सवादी त्यसको खण्डन र विरोधमा उत्तिकै सक्रिय हुँदा रहेछन् ।
उसैगरी, यहाँजस्तै कोरियामा उपन्यास निकै लोकपि्रय विधा मानिँदो रहेछ । त्यहाँ उपन्यास लेखनको विषय पनि उत्तिकै व्यापक रहेछ । कोरियाली भाषाका उपन्यास अंग्रेजीलगायत अन्य भाषामा अनुवाद हुँदै जाने क्रमको बढोत्तरीले लेखकमा थप जाँगर देखा पर्दै गएको कुरा उनले बताइन् । उसैगरी कथा, आत्मकथा र यात्रासाहित्य पनि दिनानुदिन व्यापक र लोकपि्रय भएर गइरहेको अवस्था रहेछ । प्रा. यूसँग त्यहाँको साहित्यिक गतिविधिको कुरा गर्दै गर्दा मैले के अनुमान गरेँ भनेँ कोरियाली साहित्यको दार्शनिक अवस्था नेपाली साहित्यको भन्दा खासै फरक छैन । उनले कोरियाली साहित्यमा चलेका समकालीन विचारधारात्मक पद्धतिबारे बताइरहँदा नेपाली साहित्यिक क्षेत्रमा रहेका चलनचल्तीका ‘वाद’हरू पनि मिल्दाजुल्दा नै रहेको अनुमान गर्न मलाई कुनै गाह्रो भएन ।
सूचना तथा सञ्चारको प्राविधिक विकासले संसारलाई साँघुरो पार्दै लगेको वर्तमान अवस्था र उपभोक्तावादी संस्कृतिले सामाजिक मनोविज्ञानमा पारेको प्रभावले मानिसमा अनेकतरहका छटपटी र असन्तुष्टि पनि तीव्र रूपले झांगिँदै गएको र सोहीअनुसार साहित्य पनि दिनानुदिन अनेक रूप र रंगमा प्रकट हुन थालेको छ । सामान्यतया सबै प्रकारका दर्शनप्रति मानिस सशंकित हुन थालेका छन् । यही कारणले हुन सक्छ, मानवतावादको आवाज कोरियामा जस्तै यहाँ पनि साहित्यमा देखिन थालेको छ ।
मलाई निकै आनन्द लागेको कुरो के हो भने कुराकानीकै सिलसिलामा उनले निकै श्रद्धापूर्वक आदि कवि भानुभक्तको नाम लिएकी थिइन् । उसैगरी, उनले सरुभक्तको पनि नाम लिइन् । त्यति मात्र होइन, इटहरीका कवि मनु मञ्जिलको नाम उनको कोरियाली लवजमा सुन्दा मलाई झन् बढी रमाइलो लागिरह्यो । उहाँहरूले केही नेपाली प्रतिनिधि कविहरूका कविताहरू कोरियन भाषामा अनुवाद गरी प्रकाशन गर्दै आउनुभएको रहेछ । वास्तवमा कल्पनै नगरिएको कुनै विदेशी साहित्यकार मित्रको मुखबाट नेपाली रचनाकारहरूको नाम फटाफट सुनिँदा हृदय पुलकित हुँदोरहेछ । साहित्यकार भीष्म उपे्रतीका निबन्धहरू कोरियाली भाषामा उल्था हुँदै गरेको कुरो उनीबाट सुन्न पाउनु मेरा लागि अर्को खुसीको समाचार थियो । मैले यही प्रसंगमा, उपन्यासकार नारायण वाग्लेको ‘पल्पसा क्याफे’ नामको नेपाली उपन्यास कोरियाली भाषामा छापिँदै गरेको कुरा सुनाएँ । यूले त्यसबारे सुनेको, तर पढ्न भने नपाएको कुरा गरिन् । कोरियाली कुनै साहित्यिक कृति नेपालीमा अनुवाद भए/नभएकोबारे मलाई केही थाहा नभएको हुनाले म भने अलमलिएको थिएँ ।
यसरी नेपाल वन प्राविधिक संघको सभाकक्षमा निकै लामो साहित्यिक चर्चा-परिचर्चापश्चात् यू पाल्पातिर जाने कुरा सुनाउँदै बिदा भइन् । छुट्टनिे वेलामा उनले हाँस्दै भनिन्, ‘म हतारमा आएँ र हतारमै फर्किंदै छु । मैले चिनेका नेपाली कवि साथीहरूले तपाईंसँग मेरो सोधखोज गरे भने आगामी पुसमा फेरि नेपाल आउँदै छु भनिदिनू होला’ त्यसवेलाचाहिँ म सबै साथीसँग भेट गरेर मात्रै फर्किन्छु ।’ मैले पनि बौद्धमार्गी यूलाई हाँसेर भनेँ, ‘यो कुरो म सार्वजनिक रूपमै सबैलाई बताइदिनेछु ।’

No comments:
Post a Comment