आशै मरिगए सारा बाँच्नुको हुन्छ अर्थ के ?
थारैमात्र रहे भैँसी पाल्नुको हुन्छ अर्थ के ?
आशाको मूल सुक्दैछ दुख्दैछ मुटुको मन
भत्केको छानु देखेर मझेरी हाँस्छ कोसँग ?
आशा ढल्छ दिनैपिच्छे निरासा-ज्वार उठ्दछ
उठ्नुपर्ने ढलेको छ ! ढल्नुपर्ने दगुर्दछ !
आशाको केन्द्र वैलाई लोक बन्दैछ पागल
जे होस् ! होस् जेसुकै भन्दै निरासै बज्छ मादल !
आशा भत्के निरासाले खाल्डोमात्र बनाउँछ
दीप लड्दा बगैचामा डढेलो पो लगाउँछ !
आशा उक्साउने भाषा मात्र ल्याऊ महाशय
निराशा छाउने भाषा नउठाऊ महाशय !
:नरेन्द्र पराशर
आशाको मूल सुक्दैछ दुख्दैछ मुटुको मन
भत्केको छानु देखेर मझेरी हाँस्छ कोसँग ?
आशा ढल्छ दिनैपिच्छे निरासा-ज्वार उठ्दछ
उठ्नुपर्ने ढलेको छ ! ढल्नुपर्ने दगुर्दछ !
आशाको केन्द्र वैलाई लोक बन्दैछ पागल
जे होस् ! होस् जेसुकै भन्दै निरासै बज्छ मादल !
आशा भत्के निरासाले खाल्डोमात्र बनाउँछ
दीप लड्दा बगैचामा डढेलो पो लगाउँछ !
आशा उक्साउने भाषा मात्र ल्याऊ महाशय
निराशा छाउने भाषा नउठाऊ महाशय !
:नरेन्द्र पराशर
No comments:
Post a Comment