कालीगन्डकी किनारमा
पहाडहरूको फेदमा
वन र लता-कुन्जबीच
चराहरूसँग
खुल्ला आकाशमुनि रहँदा
म ‘मत्स्यगन्धा’सँग विमोहित भएँ
अनि उर्बशी,
मैले तिमीलाई
सदा-सदाका लागि बिर्सिदिएँ…..!
उर्बशी,
जलविद्या अध्ययन गर्न
जब मैले कालीगण्डकी रोजेँ
वारिपारि गर्न
‘मत्स्यगन्धा’ मलाई सघाउँथी
डुङ्गाको चप्पु चलाउँदा
उसका लामा हात…
सर्लक्क परेका गोडा…
कालो र लामो केश…
उच्च छाती…
पातलो कमर…
या सम्पूर्ण अबयबहरू…
भुजङ्गप्रयात छन्दजस्तै
लचकदार भएर आउँथे
र
एकापट्टि डुङ्गामा
ऊ निहुरिन्थी
अर्कोपट्टि
म उचालिन्थेँ
पानीको छालसँगै
फेरि ऊ उचालिन्थी
म निहुरिन्थेँ
अनि उर्बशी,
मैले तिमीलाई
सदा-सदाका लागि बिर्सिदिएँ….!
माझीपुत्री ‘मत्स्यगन्धा’
दारको काठको डबकामा
‘सोम’ लिएर आउँथी
र
म पिउँथेँ- ऋग्वेदका ऋचाको अनुपम स्वादजस्तै
अनन्त लयबद्ध गुढ रहस्यको समर्पण
म टोल्हाउँथेँ
ऊ लोलाउँथी
म मातेको हुन्थेँ
ऊ तातेकी हुन्थी
अनि उर्बशी,
मैले तिमीलाई
सदा-सदाका लागि बिर्सिदिएँ…..!
‘मत्स्यगन्धा’ मेरो ‘संस्क्रित’ कम बुझ्थी
म उसको ‘मत्स्य’ कम बुझ्थेँ
थोरै शब्दहरूबाट हामी
पर-पर जान्थ्यौँ
जहाँ बाक्लो कुहिरो लागेको हुन्थ्यो….!
उर्बशी,
ऊ(मत्स्यगन्धा) नदीको भाषा बुझ्थी
म पनि बुझ्थेँ
म आकाशको भाषा बुझ्थेँ
ऊ पनि बुझ्थी
ऊ चराको भाषा बुझ्थी
म पनि बुझ्थेँ
म फूलको भाषा बुझ्थेँ
ऊ पनि बुझ्थी
ऊ प्रेमको भाषा बुझ्थी
म पनि बुझ्थेँ
अनि उर्बशी,
मैले तिमीलाई
सदा-सदाका लागि बिर्सिदिएँ….!
उर्बशी,
म थोरै बूढो थिएँ
प्रेममा त्यसले के फरक पार्न सक्थ्यो
मलाई पटक्कै थाहा थिएन
तिमी ‘गान्धारी’ बनेर ‘ध्रितराष्ट्र’सँग गयौ
खसोखास तिमी
खुल्ला प्रेमबाट साँघुरो स्वार्थतिर गयौ
म साँघुरो दरबारबाट खुल्ला खोलातिर लागेँ
तिमी उज्यालोबाट अँध्यारोतिर लाग्यौ
म अँध्यारोबाट उज्यालोतर्फ लागेँ
तिमी श्री-क्रिष्णको लीलामा पर्यौ
म कालीगण्डकीको जलक्रीडामा परेँ
कालीगण्डकीकिनारमै मैले मत्स्यगन्धा पाएँ
छोरो पाएँ
महाभारतको कथा पाएँ
गीताको कविता र दर्शन पाएँ
मोक्ष पाएँ
अनि उर्बशी,
मत्स्यगन्धालाई सत्यवती र छोरालाई व्यास बनाएर
मैले तिमीलाई
सदा-सदाका लागि बिर्सिदिएँ…….!!!
: नरेन्द्र पराशर
पहाडहरूको फेदमा
वन र लता-कुन्जबीच
चराहरूसँग
खुल्ला आकाशमुनि रहँदा
म ‘मत्स्यगन्धा’सँग विमोहित भएँ
अनि उर्बशी,
मैले तिमीलाई
सदा-सदाका लागि बिर्सिदिएँ…..!
उर्बशी,
जलविद्या अध्ययन गर्न
जब मैले कालीगण्डकी रोजेँ
वारिपारि गर्न
‘मत्स्यगन्धा’ मलाई सघाउँथी
डुङ्गाको चप्पु चलाउँदा
उसका लामा हात…
सर्लक्क परेका गोडा…
कालो र लामो केश…
उच्च छाती…
पातलो कमर…
या सम्पूर्ण अबयबहरू…
भुजङ्गप्रयात छन्दजस्तै
लचकदार भएर आउँथे
र
एकापट्टि डुङ्गामा
ऊ निहुरिन्थी
अर्कोपट्टि
म उचालिन्थेँ
पानीको छालसँगै
फेरि ऊ उचालिन्थी
म निहुरिन्थेँ
अनि उर्बशी,
मैले तिमीलाई
सदा-सदाका लागि बिर्सिदिएँ….!
माझीपुत्री ‘मत्स्यगन्धा’
दारको काठको डबकामा
‘सोम’ लिएर आउँथी
र
म पिउँथेँ- ऋग्वेदका ऋचाको अनुपम स्वादजस्तै
अनन्त लयबद्ध गुढ रहस्यको समर्पण
म टोल्हाउँथेँ
ऊ लोलाउँथी
म मातेको हुन्थेँ
ऊ तातेकी हुन्थी
अनि उर्बशी,
मैले तिमीलाई
सदा-सदाका लागि बिर्सिदिएँ…..!
‘मत्स्यगन्धा’ मेरो ‘संस्क्रित’ कम बुझ्थी
म उसको ‘मत्स्य’ कम बुझ्थेँ
थोरै शब्दहरूबाट हामी
पर-पर जान्थ्यौँ
जहाँ बाक्लो कुहिरो लागेको हुन्थ्यो….!
उर्बशी,
ऊ(मत्स्यगन्धा) नदीको भाषा बुझ्थी
म पनि बुझ्थेँ
म आकाशको भाषा बुझ्थेँ
ऊ पनि बुझ्थी
ऊ चराको भाषा बुझ्थी
म पनि बुझ्थेँ
म फूलको भाषा बुझ्थेँ
ऊ पनि बुझ्थी
ऊ प्रेमको भाषा बुझ्थी
म पनि बुझ्थेँ
अनि उर्बशी,
मैले तिमीलाई
सदा-सदाका लागि बिर्सिदिएँ….!
उर्बशी,
म थोरै बूढो थिएँ
प्रेममा त्यसले के फरक पार्न सक्थ्यो
मलाई पटक्कै थाहा थिएन
तिमी ‘गान्धारी’ बनेर ‘ध्रितराष्ट्र’सँग गयौ
खसोखास तिमी
खुल्ला प्रेमबाट साँघुरो स्वार्थतिर गयौ
म साँघुरो दरबारबाट खुल्ला खोलातिर लागेँ
तिमी उज्यालोबाट अँध्यारोतिर लाग्यौ
म अँध्यारोबाट उज्यालोतर्फ लागेँ
तिमी श्री-क्रिष्णको लीलामा पर्यौ
म कालीगण्डकीको जलक्रीडामा परेँ
कालीगण्डकीकिनारमै मैले मत्स्यगन्धा पाएँ
छोरो पाएँ
महाभारतको कथा पाएँ
गीताको कविता र दर्शन पाएँ
मोक्ष पाएँ
अनि उर्बशी,
मत्स्यगन्धालाई सत्यवती र छोरालाई व्यास बनाएर
मैले तिमीलाई
सदा-सदाका लागि बिर्सिदिएँ…….!!!
: नरेन्द्र पराशर
No comments:
Post a Comment