सामान्यतया यो सत्य हो कि सांसारिकतामा रमाउन मानिसहरू मरिहत्ते
गर्छन् । र अन्तत: अनन्त तनावमा फस्न पुग्छन् । सांसारिक विलासका क्षुद्रतम
मनोव्रित्तिहरूको परिपोषणमा मात्र लिप्त मानिसले आफुलाई त पीडित बनाउँछ नै
आफ्नो समग्र परिवेशलाई पनि तनावपूर्ण बनाइदिन्छ । मनभित्र अनेकन्
लोभ-लालच, कपट, द्वेष, इर्ष्या, अहंकार तथा अत्रिप्तिका सहस्र जन्जालहरू
उमारेर बजारका सामु आफुलाई उभ्याउने कुचेष्टाले आजका कतिपय मानिसहरूको
अनुहार उत्तप्त देखिएको सहजै अनुमान गर्न सकिन्छ। सत्कर्म र सत्विचारको
ढीलो तर दीर्घ समाधान दिने आयुर्बेदिक शैलीको भन्दा व्यभिचार र बेइमानीको
छिटो-छरितो एलोपेथिक शैलीको लाभ चाहने मनोकांक्षा निकै घातक भएर हाम्रा
सामु देखा पर्दै गएको छ । साथै कतिपय मानिसहरूमा कुनै प्रकारको साधना र
त्यागबिना नै भ्याएसम्मका साधन-श्रोतहरूमाथि रातारात कब्जा जमाउँन पाए
हुन्थ्यो भन्ने मनोरोगको विकास भैरहेको पनि आभास हुन्छ। नैतिक
मुल्य-मान्यता गुमाएर उभ्याएको ऐश्वर्य र यशको उचाइ कुनै पनि हालतमा
दीर्घजीवी हुनसक्दैन । यसको ठीक विपरीत, ईमान्दारी र सद्विचारको पवित्र
भावनाले प्रेरित भएर समग्र मानवजगत्लाई प्रेम, मैत्री र करूणाको
प्रसादपूर्ण भावना बाँड्ने उदात्त मानिसहरू पनि हाम्रै समाजमा छन् ।
वास्तवमा यी र यस्तै पवित्रतम् विचारले अभिप्रेरित मानिसहरूको सत्कर्मको
यशले नै हाम्रो शिर थोरैमात्र भए पनि संसारसामु उचा हुनसकेको छ । यस्तै
पुन्यकर्मको यश संसारभरि छर्न समर्थ “आनी छोइङ् डोल्मा” को आत्मब्रितान्ता
‘फूलको आँखामा’ नेपालय प्रकाशनले बजारमा ल्याएको छ।
आजभन्दा झन्डै छब्बीस सय वर्षअगाडि गौतम बुद्धले सम्बोधि प्राप्त गरेपछि संसारका आर्त र पीडितहरूलाई दुक्ख र कष्टबाट मुक्ति प्रदान गर्ने उपाय बताउँदै प्रवचन गर्ने क्रममा बुद्धको मतसँग आकर्षित भएर हिँड्नेहरू आपसमा सँगै बस्ने, सँगै खाने र सँगै आवस्यक श्रम गर्ने परिपाटीको विकास भयो । बुद्धले यसप्रकारको सामुहिक जीवन पद्धतिलाई ‘सङ्घ’ भनेर नामाकरण गरिदिए । बुद्धले ज्ञान प्रदान गर्दै हिँड्दाका प्रारम्भिक दिनहरूमा यसप्रकारका संघमा महिलाहरूलाई प्रवेश निषेध थियो । बुद्धकै भाइ आनन्द र माता प्रजावती सहितका महिलाहरूले गरेको तारन्तारको अनुरोध तथा महिलाहरूमा पनि ज्ञान र मुक्तिको असीम आकांक्षा र सम्भावना छ तथा ज्ञानलाई लिङ्ग भेदको कारण देखाएर अलग गरिनु हुन्न भन्ने बोध गरेर नै जीवनको उत्तरार्धमा बुद्धले कडा नियमहरूका बीच महिलाहरूलाई पनि तत्कलीन समयमा पुरुषसरह संघको सदस्यता प्रदान गर्ने ‘कठोर’ निर्णय गरेका थिए । पुर्व आधुनिक आर्यावर्त्यमा महिलाहरूलाई सार्वजनिक पहिचानसहित बिश्वास गरिएको शायद यो नै प्रथम परिघटना हो । त्यसरी बुद्धले शुरू गरेको संघमा महिलाहरू रहने-बस्ने र बोधि प्राप्तिका लागि साधना गर्ने बौद्धपरम्परा अध्यावधि कायम छ। गुम्बा वा बिहारमा ध्यान र ज्ञान साधना गर्न फरक प्रकारको एकान्तिक जीवन बिताउने संघ नायक भिक्षु र श्रामणेर बौध अनुयायीहरूको चीवर र फरक आहार-बिहारले प्राय: सबैलाई महामानव ‘भगवान बुद्ध’कै झझल्को दिलाउँछ भने स्वयं बौद्धमार्गीहरूमा त्यसले पार्ने प्रभावलाई सहजै अनुमान गर्न सकिन्छ ।
बौद्धमार्गीहरूको भर्जिन क्षेत्र तिब्बतमा चीनको सांस्क्रितिक क्रान्ति हुन्डरी जसरी प्रबेश गरेपछि दलाई लामासहित धेरै बौद्धमार्गीहरू तिब्बतबाट भारततिर निर्बासित हुन बाध्य भए । यो एउटा राजनैतिक विचारधाराबाट प्रेरित कदमको परिणाम थियो । दलाई लामाले हिन्दुस्तानमा शरण पाएपछि धेरै धर्मभीरु तिब्बती बौद्धमार्गीहरूले मौका पाएसम्म तिब्बत छोडेर भारत वा काठमान्डु प्रवेश गर्ने कोशिश गरिरहे । यसरी सन् साठीकै दशकबाट तिब्बतीहरू शरणार्थीको रूपमा काठ्मन्डु प्रवेश गर्न थालेका हुन् ।
‘फूलको आँखामा’ का अनुसार यसरी काठमान्डुको विशेष गरी बौद्ध क्षेत्रमा शरणार्थीको कस्टपूर्ण जीवन बिताउँन बाध्य एक परिवारमा ‘आनी छोइग्’ को जन्म भएको थियो । आनीका पिता रिसाहा र सन्काहा स्वभावका मुर्तिकार थिए । उनी आफ्ना शरणार्थी साथीभाईहरूसँग मजाले मदिरा पिउँने गर्थे र राति आएर स्वास्नीलाई जथाभावी कुटपिट गर्थे । प्राय: रातैपिच्छे घट्ने त्यसप्रकारको घटनाले एउटा साँघुरो कोठामा बस्ने सानी बालिकामा यसको कस्तो प्रभाव पारेको होला सहजै अनुमान गर्न सकिन्छ।
आफ्नो पुस्तकमा आनी छोइङ्ले आफ्नो बाल्यकालको जीवनको त्यस कष्टपूर्ण क्षण र आफ्ना बाबुको पशुवत् व्यवहारको वर्णन मर्मस्पर्शी ढंगबाट गरेकी छन् । आनीको जीवन कथाको चुरो यहीँबाट शुरु हुन्छ । आफ्ना बाबाको यातनाबाट पीडित आमाको अवस्था देखेर उनी भन्छिन् ‘उहाँ(आमा)भित्र विद्रोहको गुण थिएन । तर ममा थियो ।यसलाई म लरतरो पाराले छड्न चाहन्नथेँ । कुनै लोग्नेमान्छेकी दासी बन्न वा जनवारको जस्तो ब्यबहार भोग्न म तयार थिइनँ । दुई खुट्टाबीच झुन्डिएको इ न्द्रि य र पड्ने अधिकार पाएको भरमै महान् ठान्नेहरूको इसारामा चल्नुभन्द् मलाई बरु म्रित्यु स्वीकार्य थियो ।” बाबुको यातनाबाट अाहत आमालाई सम्झाउने क्रममा नै आमाबाट स्फुटित शब्द ”धन्दा नमान, तिम्रो नियति अर्कै हुनसक्छ । मैले यतै नजिकैको गुम्बाका एकजना गुरुको नाम सुनेकी छु । उनी अत्यन्त सम्मानित व्यक्ति हुन् । एक दिन यसो समय मिलाएर तिमीले भेट्नुपर्छ । त्यसबेला आफु आनी बन्न चाहेको कुरा बताउन नबिर्सनू ” बस् बाबुद्वारा प्रताडित आमाका यिनै शब्द छोइङ्को बालमनोविज्ञानमा गहिरो गरी बसेको प्रतीत हुन्छ। उनी त्यही आबेगमा तिब्बती बौद्ध गुरु ‘ज्यागमन रिम्पोचे’सँग भेट्न पुग्छिन् र आफ्नो उद्धेश्य बताउछिन् । र गुरुले केशको टुप्पो काटेर उनको नाम ‘कर्मा छोइङ् डोल्मा’ राखिदिन्छन् । यसरी तीन वर्षपछि नागी गुम्बा शिवपुरीमा उनी आनी बनेर बस्न पुग्छिन् र गुम्बामा मन्त्र पाठ आदि क्रियाकलापमा सक्रियतापूर्वक भाग लिन्छिन् । यही गुम्बामा बिदेशी पाहुनाहरू, जिज्ञासुहरू र बौद्ध धर्ममा आश्था राख्ने पस्चिमी यायावरहरूसँग पनि भेट हुनथाल्छ र उनले बिदेश भ्रमण गर्ने मौका पनि पाउन थाल्छिन् । यसप्रकारको मौका उनको बहिर्मुखी स्वभावको कारणले प्राप्त भएको अनुमान गर्न सकिन्छ। कवि दुर्गालाल श्रेष्ठका ‘मन्त्र’हरू र न्ह्यु बज्राचार्यको सङ्गीतमा स्वरभर्नु अघि नै उनी बिदेशी भूमिमा बौद्ध गायिकाको रूपमा प्रस्तुत भैसकेकी थिइन् ।
‘फूलको आँखामा’ पुस्तकले आनीको बाल्यजीवनको कष्टपूर्ण क्षणदेखि किसोरी अवस्थामा गुम्बामा गर्नु परेको सङ्घर्ष र बौद्ध सन्देशसहितको बिदेशभ्रमण तथा समाज सेवामा संलग्न भएका सबै पलहरूलाई समेट्ने प्रयास गरेको छ । निकै आकर्षक भाषाशैलीले सजिएको यस पुस्तकले कतिपय किसोर-किसोरीहरूमा बिबाह भनेको प्रगतिको बाधक पो रहेछ भन्ने भ्रम पैदा गरिदिन पनि सक्छ । पुस्तकका अनुसार आनी छोइङ्ले बिबाह नगर्नु भनेको कुनै बोधले भएको घटना हो जस्तो लाग्दैन । त्यो त उनको घरेलु वातावरणले उनको बालमष्तिष्कमा पारेको गहिरो आघातको प्रतिक्रियात्मक परिणाममात्र भएको कुरा अध्याय पन्ध्रको ‘छोरो’ पढ्दा झनै पक्का हुन्छ । आन्तरिक बोध र आत्मसाक्षात्कारको मार्गमा लीन साधक-साधिकाका लागि सबै बालबालिका तथा सबै भगवद्प्रदत्त जड-जङ्गम समान हुन् भने कुनै बालकलाई धर्मपुत्रको रूपमा ग्रहण गरिरहनु पर्ने अलग्गै कारण खुल्न सक्दैन । अर्कातिर आनी छोइङ् दोल्माले आफ्नो पहिचान बौद्ध साधिकाका रुपमा बनाए पनि उनले आफ्नो पुस्तकमा बौद्ध धर्मको दार्शनिक पक्षको गहनतम् आकर्षण र मह्त्तालाई कत्ति पनि उजागर गर्न सकेकी छैनिन् । साथै बौद्ध धर्ममा रहेको ध्यानको स्थान, प्रक्रिया र महत्वलाई पनि सर्वसाधारण बीच प्रस्तुत गर्न नसक्नु उनको अर्को कमजोरी हो । त्यसै गरी उनले गुरु टुल्कु उर्गेन रिम्पोचे एक करुणासम्पन्न महान् धर्म गुरु हुनुहुन्थ्यो भन्नुभन्दा बढी आफ्ना गुरुको बारेमा अन्य कुनै थप विशेषता देखाउन पनि सकेकी छैनिन् ।ुनले आफूलाई पित्रिसत्तको विरोधी देखाउँन भरमग्दुर प्रयास गरे पनि उनको विद्रोह पुरुषहरुलाई हेर्ने उनको आफ्नै दोष र भ्रमपूर्ण द्रिष्टिकोणबाट प्रेरित रहेको सहजै बुझ्न सकिन्छ। उनले प्रस्तुत गरेको विचारमा विवाह नगर्नु नै विद्रोह हो भनेर मान्न सकिने आधार कतै पनि प्रष्ट हुन सकेको छैन ।
भ्रष्ट आचार-विचार र छरपस्ट आहार-बिहारले गाँज्दै लगेको हाम्रो समाजमा नैतिक -आध्यात्मिक मूल्य-मान्याताको जगेर्ना गर्न योगदान गर्नु अवश्य पनि उत्तम कुरा हो । दुक्ख पाएका तमाम मानिसहरूमात्र होइन अन्य जीव-जन्तुको समेत संरक्षण र सेवा गर्नु वा गर्न प्रेरित गर्नु अति नै उत्तम विचार हो । आर्यतारा जस्तो विध्यालय स्थापना गरेर आनीले जेजति गरेकी छिन् त्यो पाटो भने सबैका लागि सिक्न लायक छ।
:नरेन्द्र पराशर

No comments:
Post a Comment