म आकाशतिर हात फैलाएर
उफ्रिएँ
तर उड्न सकिनँ,
म लामा-लामा फड्का हालेर हिँडेँ
तर उड्न सकिनँ,
म राम्रा-राम्रा गडीहरूमा चढेँ
तर उड्न सकिनँ,
म ठूला-ठूला जेट विमानहरूमा उडेँ
तर पनि उड्न सकिनँ,
हे सपना,
हे प्यारी सपना,
आऊ
मेरो दाहिने हातको कान्छी औँला समातेर
मलाई उडाऊ
र लैजाऊ
अनन्त ब्रह्माण्डमा
जहाँ म सपनामा जस्तै उड्न सकूँ…!!!
: नरेन्द्र पराशर
उफ्रिएँ
तर उड्न सकिनँ,
म लामा-लामा फड्का हालेर हिँडेँ
तर उड्न सकिनँ,
म राम्रा-राम्रा गडीहरूमा चढेँ
तर उड्न सकिनँ,
म ठूला-ठूला जेट विमानहरूमा उडेँ
तर पनि उड्न सकिनँ,
हे सपना,
हे प्यारी सपना,
आऊ
मेरो दाहिने हातको कान्छी औँला समातेर
मलाई उडाऊ
र लैजाऊ
अनन्त ब्रह्माण्डमा
जहाँ म सपनामा जस्तै उड्न सकूँ…!!!
: नरेन्द्र पराशर
No comments:
Post a Comment