तेलले बल्छ है बत्ती पानी हालेर बल्छ र ?
सामन्ती सोच नै बोकी के प्रजातन्त्र चल्छ र ?
उसै चल्छ प्रजातन्त्र ठान्यौ है सजिलो बढी
आज ढेडु छ नाचेको तिम्रो नै काँधमा चढी…!
यता मेरो उता मेरो मात्र मेरो भन्यौ जब
ठडियौ है तिमीमात्र झुक्यो राष्ट्रिय-गौरव… !
लोकतन्त्र पछारिन्छ बिर्सेमा लोकको हित
मैनझैँ जल्नु नै पर्छ उज्यालो छर्न खातिर…!
:नरेन्द्र पराशर

No comments:
Post a Comment