सुदुर भविष्यको कुनै कालखण्डमा
स्वर्गमा बसोबास गर्न पाइने
दीर्घ-लोभको वशीभूत भएर
मान्छेको मन तीर्थयत्री भएको छ
कावादेखि जेरूसेलमसम्म
हरिद्वारदेखि मुक्तिनाथसम्म
लुम्बिनीदेखि अम्म्रितसरसम्म……!
अहो मान्छेको अभिशप्त मन
अनेकौँ शुषुप्त प्रलोभनहरूका
चक्रब्युहहरूमा
सत्ययुगदेखि आजपर्यन्त
गन्जागोल भएको छ
अनेकौँ तीर्थयात्राको नाममा…. !
मन झोला बोक्छ
मन झन्डा बोक्छ
त्रिशूल र कमन्डलू बोक्छ
बन्दूक बोक्छ
अनि
निस्कन्छ लामो तीर्थयात्रामा….. !
मनको विचारमा ‘प्रेमी’ हुनैपर्छ
तर भविष्यमा
‘त्रिप्त’ हुनैपर्छ
तर भविष्यमा
‘मुक्त’ हुनैपर्छ
तर भविष्यमा
अहो मान्छेको
छली, कपटी र बहुरूपिया मन
अनेक बहानाबाजीमा
प्याज र बन्दागोभीजस्तै
रहश्यमयी बन्दै निस्किएको छ
लामो तीर्थयात्रामा……!
मनलाई थाहा छ -'खोज्नुपर्छ र
खोजिरहन्छ -'गधाको सिङ्ग’
अर्काको ईतिहास नमेटेसम्म
आफ्नो ईतिहास नबन्ने कुरो
मनलाई पक्कापक्की थाहा छ
र चिउँडोलाई दार्ही पाल्न लगाउँछ
जिब्रोलाई बाठो बन्न लगाउँछ
शरीरलाई ‘गेरू’ भिर्न लगाउँछ
उसो त ‘गेरू’ सेतो पनि हुनसक्छ
‘रातो’ पनि हुनसक्छ
‘कालो’ पनि हुनसक्छ
र
मान्छेको मन निस्कन्छ लामो तीर्थयत्रामा…..आ- आफ्ना बाईबल, कुरान र गीता लिएर….!
दुर्भाग्य !
सुदुर भविष्यको कुनै कालखण्डमा
स्वर्गमा घडेरी जोड्न
मान्छेको मन
वर्तमानमा
पसिनै पसिनाले निथ्रुक्क
भिजेको छ…. !!!
:नरेन्द्र पराशर
स्वर्गमा बसोबास गर्न पाइने
दीर्घ-लोभको वशीभूत भएर
मान्छेको मन तीर्थयत्री भएको छ
कावादेखि जेरूसेलमसम्म
हरिद्वारदेखि मुक्तिनाथसम्म
लुम्बिनीदेखि अम्म्रितसरसम्म……!
अहो मान्छेको अभिशप्त मन
अनेकौँ शुषुप्त प्रलोभनहरूका
चक्रब्युहहरूमा
सत्ययुगदेखि आजपर्यन्त
गन्जागोल भएको छ
अनेकौँ तीर्थयात्राको नाममा…. !
मन झोला बोक्छ
मन झन्डा बोक्छ
त्रिशूल र कमन्डलू बोक्छ
बन्दूक बोक्छ
अनि
निस्कन्छ लामो तीर्थयात्रामा….. !
मनको विचारमा ‘प्रेमी’ हुनैपर्छ
तर भविष्यमा
‘त्रिप्त’ हुनैपर्छ
तर भविष्यमा
‘मुक्त’ हुनैपर्छ
तर भविष्यमा
अहो मान्छेको
छली, कपटी र बहुरूपिया मन
अनेक बहानाबाजीमा
प्याज र बन्दागोभीजस्तै
रहश्यमयी बन्दै निस्किएको छ
लामो तीर्थयात्रामा……!
मनलाई थाहा छ -'खोज्नुपर्छ र
खोजिरहन्छ -'गधाको सिङ्ग’
अर्काको ईतिहास नमेटेसम्म
आफ्नो ईतिहास नबन्ने कुरो
मनलाई पक्कापक्की थाहा छ
र चिउँडोलाई दार्ही पाल्न लगाउँछ
जिब्रोलाई बाठो बन्न लगाउँछ
शरीरलाई ‘गेरू’ भिर्न लगाउँछ
उसो त ‘गेरू’ सेतो पनि हुनसक्छ
‘रातो’ पनि हुनसक्छ
‘कालो’ पनि हुनसक्छ
र
मान्छेको मन निस्कन्छ लामो तीर्थयत्रामा…..आ- आफ्ना बाईबल, कुरान र गीता लिएर….!
दुर्भाग्य !
सुदुर भविष्यको कुनै कालखण्डमा
स्वर्गमा घडेरी जोड्न
मान्छेको मन
वर्तमानमा
पसिनै पसिनाले निथ्रुक्क
भिजेको छ…. !!!
:नरेन्द्र पराशर
No comments:
Post a Comment