म बैंस प्यालासँग दीप्त बन्छु
म चक्षुले चुम्छु विभात-प्रात
म हुन्छु सम्मोहित दृश्यसाथ !
झर्दैछ झर्ना मनभित्र धेर
उड्दैछ पन्छी मनमा चकोर
पग्लेर फैलेर निमग्नसाथ
म हुन्छु सम्मोहित दृश्यसाथ !
न खेद छन् खै, न त छन् विषाद
बिलेर जान्छन् ॠतु-चक्रसाथ
नयाँ नयाँ नाटकका जमात
म हुन्छु सम्मोहित दृश्यसाथ !
म स्वादलाई अनि शब्दलाई
म स्पर्शलाई पनि दृश्य मान्छु
चैतन्य द्रष्टासँग हुन्छ मात
म हुन्छु सम्मोहित दृश्यसाथ !
:नरेन्द्र पराशरम हुन्छु सम्मोहित दृश्यसाथ !
झर्दैछ झर्ना मनभित्र धेर
उड्दैछ पन्छी मनमा चकोर
पग्लेर फैलेर निमग्नसाथ
म हुन्छु सम्मोहित दृश्यसाथ !
न खेद छन् खै, न त छन् विषाद
बिलेर जान्छन् ॠतु-चक्रसाथ
नयाँ नयाँ नाटकका जमात
म हुन्छु सम्मोहित दृश्यसाथ !
म स्वादलाई अनि शब्दलाई
म स्पर्शलाई पनि दृश्य मान्छु
चैतन्य द्रष्टासँग हुन्छ मात
म हुन्छु सम्मोहित दृश्यसाथ !
No comments:
Post a Comment