दिव्य सौन्दर्यको जलप लागेको छ
जस्तो बिहानीमा
उषा रश्मिले
हिमाल सिंगारिएको हुन्छ
तिमी मेहन्दी लगाउु वा नलगाउु
पवित्रताले भरिएका छन्
तिम्रा कोमल औँलाहरू…… !!
छटपटी
उकुस-मुकुस
अथवा कहाँ छैन तनाव ?
जीवनको दोबाटोमा
को भएन उद्विग्न ?
तर पनि
शान्त
शिष्ट
र
शालीन
तिम्रा औँलाहरू……!!!
कुनै लठुवाले लगाइदिने औँठीको प्रतिक्षामा
पटक्कै नतिर्खाएका
बरू
सुदूर भविष्यको
फरक प्रगति स्पर्श गर्न लालायित
सौम्य
शीतल
र
स्निग्ध
तिम्रा औँलाहरू….. !!!
पीर
चिन्ता
र
निराशामा
को पीडित भएन र ?
तर पनि
प्रेम
आभा
र
ज्योतिले भरिपूर्ण
तिम्रा औँलाहरू……!!!
:नरेन्द्र पराशर
जस्तो बिहानीमा
उषा रश्मिले
हिमाल सिंगारिएको हुन्छ
तिमी मेहन्दी लगाउु वा नलगाउु
पवित्रताले भरिएका छन्
तिम्रा कोमल औँलाहरू…… !!
छटपटी
उकुस-मुकुस
अथवा कहाँ छैन तनाव ?
जीवनको दोबाटोमा
को भएन उद्विग्न ?
तर पनि
शान्त
शिष्ट
र
शालीन
तिम्रा औँलाहरू……!!!
कुनै लठुवाले लगाइदिने औँठीको प्रतिक्षामा
पटक्कै नतिर्खाएका
बरू
सुदूर भविष्यको
फरक प्रगति स्पर्श गर्न लालायित
सौम्य
शीतल
र
स्निग्ध
तिम्रा औँलाहरू….. !!!
पीर
चिन्ता
र
निराशामा
को पीडित भएन र ?
तर पनि
प्रेम
आभा
र
ज्योतिले भरिपूर्ण
तिम्रा औँलाहरू……!!!
:नरेन्द्र पराशर
No comments:
Post a Comment