हो म नाच्छु
हो म गाउँछु
म बजाउँछु पनि
तर ए मुखिया बा
म नाच्दिनँ तिम्रो तालमा
गाउँदिनँ तिम्रो गीत…………!
म मेरै सार्वभौमिक चैतन्यको उपद्रो गीत गाउँछु
र मानिसहरूलाई
स्वतन्त्रता-सङ्ग्रामको बाजा बजाउँन भन्छु
जन्मजात सुतिरहेकाहरूको कानमा
‘उत्तिष्ठ: जाग्रत: प्राप्यबरान्निबोधत:’
चैतन्यको महाढोल ठटाउँछु
र थोरै जागेकाहरूलाई
पखेटा र आकाशको
अनन्त गहिरो नाता बताइदिन्छु….. !
हो म लेख्छु
हो म पढ्छु पनि
हो म सुनाउँछु
र सुन्छु पनि
तर
सुनाउँन्न र सुन्दिनँ
अनि लेख्दै लेख्दिनँ तिम्रो भजन
ए मुखिया बा
म साना शिशुहरूको
पवित्र सपना भङ्ग गर्न सक्दिनँ
त्यसैले गाउँदै गाउँदिनँ तिम्रो भजन……!
जे गर्छु म मेरै मर्जीले गर्छु
अनुशासनहीन काम गर्छु
मलाई थाहा छ मेरो अनुशासनहीनताले
कुनै कमिलो पनि कुल्चिईने छैन
तर ए मुखिया बा
म तिम्रो तमसुकको ठेली
सातपल्ट त परै जाओस्
एकपटक पनि पढ्न सक्दिनँ
म निरक्षरहरूलाई
पढ्नका लागि
सिङ्गो आकाश दिन्छु
तर
दिन सक्दिनँ
तिम्रो भजन……….. !!!
: नरेन्द्र पराशर
म बजाउँछु पनि
तर ए मुखिया बा
म नाच्दिनँ तिम्रो तालमा
गाउँदिनँ तिम्रो गीत…………!
म मेरै सार्वभौमिक चैतन्यको उपद्रो गीत गाउँछु
र मानिसहरूलाई
स्वतन्त्रता-सङ्ग्रामको बाजा बजाउँन भन्छु
जन्मजात सुतिरहेकाहरूको कानमा
‘उत्तिष्ठ: जाग्रत: प्राप्यबरान्निबोधत:’
चैतन्यको महाढोल ठटाउँछु
र थोरै जागेकाहरूलाई
पखेटा र आकाशको
अनन्त गहिरो नाता बताइदिन्छु….. !
हो म लेख्छु
हो म पढ्छु पनि
हो म सुनाउँछु
र सुन्छु पनि
तर
सुनाउँन्न र सुन्दिनँ
अनि लेख्दै लेख्दिनँ तिम्रो भजन
ए मुखिया बा
म साना शिशुहरूको
पवित्र सपना भङ्ग गर्न सक्दिनँ
त्यसैले गाउँदै गाउँदिनँ तिम्रो भजन……!
जे गर्छु म मेरै मर्जीले गर्छु
अनुशासनहीन काम गर्छु
मलाई थाहा छ मेरो अनुशासनहीनताले
कुनै कमिलो पनि कुल्चिईने छैन
तर ए मुखिया बा
म तिम्रो तमसुकको ठेली
सातपल्ट त परै जाओस्
एकपटक पनि पढ्न सक्दिनँ
म निरक्षरहरूलाई
पढ्नका लागि
सिङ्गो आकाश दिन्छु
तर
दिन सक्दिनँ
तिम्रो भजन……….. !!!
: नरेन्द्र पराशर
No comments:
Post a Comment