सर, तपाईले मलाई पढ् भन्नुभयो र पढेँ
सर, तपाईले मलाई लेख् भन्नु भयो र लेखेँ
अनि सर,
म तपाईको प्रिय शिष्य भएँ…..!
सर, तपाईले मलाई
पानी ले भन्नु भयो र ल्याइदिएँ
सर, तपाईले चुरोट ले भन्नुभयो र ल्याइदिएँ
रक्सी ले भन्नुभयो र ल्याइदिएँ
सर, तपाईले जे जे ले भन्नुभयो, ल्याइदिएँ
बदलामा सर,
तपाईले मलाई
माया दिनुभयो
नम्बर दिनुभयो
पहिचान दिनुभयो
खासमा सर,
तपाईले मलाई ‘ज्ञान’ दिनुभयो
तर सर,
आज यो उमेरमा पनि
भोकै छु म
तीर्खै छु म
खोक्रै छु म
सर,
तपाईले दिएको त्यो ज्ञान
मात्र तपाईकै रहेछ….!
सर,
मैले तपाईलाई ‘धन्यवाद’ भनेर
तपाईसँग विद्रोह गरेको छु
सर,
अब म
आफ्नो बाटोमा
आफ्नै गोडाले
आफ्नै आदेशमा
लामो श्वास तानेर
खुल्ला आकाशमा निस्किएको छु
तपाई र तपाईको ज्ञानलाई रछ्यानमा मिल्काएर…….
सर,
तपाईले लगाइदिएका सबै पर्खालहरू फोडेर
बीच सडकमा म सुसेली हाल्दै
आफ्नै कविता गुनगुनाउँदै
तपाईले भन्ने गरेका सबै अनुशासन तोडेर
तपाईले दिएका सबै बन्धनहरू तोडेर……..
बल्ल म फुक्काफाल भएको छु
आफनै मर्जीको मालिक भएको छु
तपाईकै भाषामा
खतर्नाकरूपले अराजक भएको छु…..!
:नरेन्द्र पराशर
सर, तपाईले मलाई लेख् भन्नु भयो र लेखेँ
अनि सर,
म तपाईको प्रिय शिष्य भएँ…..!
सर, तपाईले मलाई
पानी ले भन्नु भयो र ल्याइदिएँ
सर, तपाईले चुरोट ले भन्नुभयो र ल्याइदिएँ
रक्सी ले भन्नुभयो र ल्याइदिएँ
सर, तपाईले जे जे ले भन्नुभयो, ल्याइदिएँ
बदलामा सर,
तपाईले मलाई
माया दिनुभयो
नम्बर दिनुभयो
पहिचान दिनुभयो
खासमा सर,
तपाईले मलाई ‘ज्ञान’ दिनुभयो
तर सर,
आज यो उमेरमा पनि
भोकै छु म
तीर्खै छु म
खोक्रै छु म
सर,
तपाईले दिएको त्यो ज्ञान
मात्र तपाईकै रहेछ….!
सर,
मैले तपाईलाई ‘धन्यवाद’ भनेर
तपाईसँग विद्रोह गरेको छु
सर,
अब म
आफ्नो बाटोमा
आफ्नै गोडाले
आफ्नै आदेशमा
लामो श्वास तानेर
खुल्ला आकाशमा निस्किएको छु
तपाई र तपाईको ज्ञानलाई रछ्यानमा मिल्काएर…….
सर,
तपाईले लगाइदिएका सबै पर्खालहरू फोडेर
बीच सडकमा म सुसेली हाल्दै
आफ्नै कविता गुनगुनाउँदै
तपाईले भन्ने गरेका सबै अनुशासन तोडेर
तपाईले दिएका सबै बन्धनहरू तोडेर……..
बल्ल म फुक्काफाल भएको छु
आफनै मर्जीको मालिक भएको छु
तपाईकै भाषामा
खतर्नाकरूपले अराजक भएको छु…..!
:नरेन्द्र पराशर
No comments:
Post a Comment