यो काख तिम्रो बटवृक्ष एक
छाया परेको सुखको उदेक
यै काखमा नित्य निवास पाऊँ
छोडेर यो काख कतै नजाऊँ !
चिम्लेर आँखा मसिनो निदाएँ
आनन्दको लौ सपना सजाएँ
यै काखमा माथ सधैँ लुकाऊँ
छोडेर यो काख कतै नजाऊँ !
उ: लोकको स्वर्ग यहीँ चिताएँ
भै सात्विकी मोक्षनजीक आएँ
यै काखमा भक्ति बिलास पाऊँ
छोडेर यो काख कतै नजाऊँ !
यै काखमा नन्दन बाग पाएँ
जुन काखमा छन्द र राग पाएँ
यै काखमा बाँच्न र मर्न पाऊँ
छोडेर यो काख कतै नजाऊँ !
:नरेन्द्र पराशर
(शृङ्गारसुधा कविता सङ्ग्रहबाट)
छोडेर यो काख कतै नजाऊँ !
चिम्लेर आँखा मसिनो निदाएँ
आनन्दको लौ सपना सजाएँ
यै काखमा माथ सधैँ लुकाऊँ
छोडेर यो काख कतै नजाऊँ !
उ: लोकको स्वर्ग यहीँ चिताएँ
भै सात्विकी मोक्षनजीक आएँ
यै काखमा भक्ति बिलास पाऊँ
छोडेर यो काख कतै नजाऊँ !
यै काखमा नन्दन बाग पाएँ
जुन काखमा छन्द र राग पाएँ
यै काखमा बाँच्न र मर्न पाऊँ
छोडेर यो काख कतै नजाऊँ !
:नरेन्द्र पराशर
(शृङ्गारसुधा कविता सङ्ग्रहबाट)
No comments:
Post a Comment