‘र्सवेभवन्तुः सुखिनः र्सर्वेसन्तु निरामयाः र्सर्वे भद्राणि पश्यन्तु
मा कश्चित् दुःख भाग्जनः’ यो सामान्य मन्त्र होइन । हृदयमा औदार्यको असीम
पारावार खुलेपछिमात्र यसको अनन्त महिमा उजागर हुने गर्दछ । संसारको गतिविधि
त विविधताको फरक सामञ्जस्यमा अडेको छ र त्यसलाई प्रकृतिको परम् शक्तिले
नियमन गरिरहेको हुन्छ । त्यही अज्ञात, रहस्यमय, अचिन्त्य र अबोधगम्य
शक्तिलाई मानिसहरुले आ-आफ्नो सुविधाअनुसार अनेकौँ तरिकाले सम्बोधन र
व्याख्या-विश्लेषण गर्ने गर्दछन् । सृष्टिको यस विराट् संरचनामा त्यस
पराशक्तिको दृष्टिमा भुसुना र मानिसबीचमा कुनै फरक छैन । यही कारणले
हुनसक्छ वातावरणशास्त्री जेम्स लभलकको नजरमा त पृथ्वी पनि एउटा जीवन हो,
प्राणहीन भौतिक पदार्थमात्र होइन । त्यस्तै अर्का वैज्ञानिक अर्ने नेस
पृथ्वीको हकभोगमा सबै प्राणीको समान अधिकारको वकालत गर्छन् । उनीहरुले
हाम्रो ‘वसुधैव कुटुम्बकम’्को सिद्धान्त पढ्न पाएका भए पक्कै पनि निकै
रमाउँथे होला । हृदयको अनन्त गहिर्राईमा बोधी र परम्चैतन्यको संपृक्त भाव
आविर्भाव नभएसम्म त्यसप्रकारको र्सवसमानताको पवित्र भावना प्रकट हुनु
प्रायः असम्भव छ ।
यसरी परम् मेधा र बोधीवषर्ाले हृदय झङ्कृत भएपछि हरकोही व्यक्ति केहीक्षणकै लागि मात्र भए पनि हिमालयको सान्निध्य रुचाउँछ । साधुसन्त, ऋषिमहषिर्, कवि, कलाकार, चित्रकारहरुलाई हिमालयको गुप्त रहस्यले सदियौँदेखि आकर्षा गर्दै आएको हो । महाकवि कालिदासले कुमारसम्भव महाकाव्यको प्रथम र्सगका प्रारम्भिक श्लोकहरुमा हिमालयको अद्भूत वर्ण्र्ाागरेको कुरा यहाँनेर विशेष स्मरणीय छ । यर्सअर्थमा अनन्तकालदेखि प्राकृत सौर्न्दर्यको आदि र अजस्र स्रोत हिमालयले मानवसभ्यतालाई कल्याण र मङ्गलको प्रसादपर्ूण्ा उत्प्रेरण प्रदान गरिरहेको पनि छ । यसको पछिल्लो नमुना शारदा शर्माको ‘भुइँफूलको देश’ हो ।
शारदा हिमालयका उत्तुङ्ग शिखरका फेदीमा रहेका अद्वितीय र अनुपम् भूभागमा सित्तैमा पुगेकी हुन् जस्तो मलाई लाग्दैन । हृदयमा आध्यात्मिक सञ्चेतनाको गुराँस फक्रिएपछि मात्र कसैलाई आफूमा समाहित हुनका लागि हिमालयले प्रेमपर्ूवक निमन्त्रणा पठाउँने गर्दछ । मनको कमसल भीडमा दुःस्वप्नले विमोहित र पर्रि्रहका अनेकौँ मर्ुर्च्छनाले ढाकिएकाहरुलाई हिमालयलले डाकेको मलाई थाहा छैन । अहङ्कार, लालच, तृष्णा र क्षुद्र अभिलाषाका गोलचक्करीय माकुरी जञ्जालमा रुमल्ल्िएकाहरुसँग त्तुङ्ग शिखरका छेउछाउ फक्रिएका कोमल भुइँफूलहरुलाई र्स्पर्श गर्ने न चाहना हुन्छ न त फर्ूसद नै । यस मानवीय दर्ुर्गुणलाई अतिक्रमण गर्दै विचारदेखि निर्विचारसम्मको दिव्यपथलाई प्रस्थानमार्ग मानेर निर्भार शारदा सप्तरङ्गी भुइँफूलको देशतिर उक्लेकी छन् ।
पुस्तकको प्रस्तावनामा उनी लेख्छिन् ः ‘सिर्जनाको अहङ्कार भ्रमै भए पनि बडो आनन्ददायी अनुभव हो जीवनको ।’ आफूलाई सामान्य मानिसकै कोटीमा राखेर उनलेे आफ्नो यस अभिव्यक्तिभित्र रहेको प्रज्ञापारमितालाई असामान्य ढङ्बाट उजागर गरिदिएकी छिन् । वास्तवमा एउटा लेखक, उसको कृति अथवा उसको भाषा
अथवा उसका पाठकहरु आखिर कति वर्षनै पो बाँच्ने हुन् र ! जसलाई यस सत्यको बोध हुन्छ, उही नै साक्षीस्वरुपता, निर्भयता र आनन्दको वसन्तमा पुष्पित-पल्लवित हुनसक्छ र चिरकालपर्यन्त अजरअमर रहनसक्ने कृति सिर्जना गर्नसक्छ । सिर्जनाको अहङ्कारले अन्यथा कुनै पनि रचनाकारलाई कुण्ठित, भयभीत र हीन बनाएरै छाड्छ । यसरी आफूलाई केन्द्र र बाँकी सम्पर्ूण्ा सृष्टिलाई परिधिमा राख्ने भ्रमपर्ूण्ा धारणाबाट मुक्त लेखिका शारदाको यस यात्रा संस्मरणमा उपल्लोकोटीको आध्यात्मिक परिपाक पहिलो पानाबाटै छचल्किएको मिठासपर्ूण्ा अनुभूति हुन्छ ।
प्रेम, मैत्री र करुणाको दिव्यद्रव्यले अभिभूत भएर यात्रामा निस्किएकी शारदाको अन्तरमुखी स्वभावले उनलाई एक आध्यात्मिक चिन्तकको स्तरमा समेत उचालिदिएको छ । लाग्छ, त्यसको प्रेरणास्रोत पनि जीवनको अज्ञात रहस्यमयता नै हो । मानिसको मनभित्र क्षण प्रतिक्षण उत्पाद-व्ययमा आप्लावित हुने अनेकन सुखद् र दुःखद् उतारचडावले जीवनमा तीब्र संघात पैदा गरिरहेका हुन्छन् । हृदयका तिनै छटपटी र अतृप्तिले नै एक संवेदनशील मानिसलाई फरक ढङ्गले सक्रिय बनाइदिन्छ र सिर्जनाका शारदाहरु जन्मिन्छन् । जस्तो कि, उनी अगाडि लेख्छिन् ः’भीडका बीचैमा पनि मान्छेभित्रको एकान्त खोज्न मनपराएँ मैले सधैँ । मान्छेको मन र हृदयभित्रका नदेखिने, नभनिने, तर सबैभन्दा शक्तिशाली कुराले सधैँ तान्यो मलाई । मान्छेभित्र चलिरहने हूरी र हुन्डरीको संवाद नै मेरो सबैभन्दा रुचिको विषय हो ।’
आध्यात्मिक र मनोवैज्ञानिक अर्थ राख्ने यस्ता कोमलतम अभिव्यक्ति प्रदान गर्न उनीभित्र कुनै मीस्टिक-रहस्यदर्शी) बसेको सहजै अनुमान गर्न सकिन्छ । वास्तवमा मानिसलाई अपुग भएको खास तत्व चैँ के हो – जसको अपर्याप्तताको कारणले ऊ सदैव निरीह देखिन्छ जस्ता रहस्यको पिछा गर्नु उनको फरक विशेषता हो ।
‘जीवन आजसम्म कसरी बग्यो, कसद्वारा निर्देशित भएर वा नभएर बग्यो, मैले थाहै पाइनँ । तर त्यस कारणका प्रति भने सधैँ तीब्र जिज्ञासा रहिरहृयो । जीवनको हरेक स्तिथि प्रभुप्रदत्त हो । त्यो प्रभु यी यात्राहरुमा पनि मसँगसँगै छ ।’
बूढानीलकण्ठमा शेषनागमाथि निर्धक्क लढेका भगवान् विष्णु वा पशुपतिका मर्ूर्तिहरु शारदाका प्रभु हुन् जस्तो मलाई लागेन । त्यो ऊर्जा जसले जीवनलाई रहस्यमय रहरहरुले भरिपर्ूण्ा बनाइदियो वा त्यो शक्ति जसले मानिस निदाएका बेलामा पनि श्वास र मुटुको गति निरवच्छिन्न चलाइदियो, खासमा त्यही रहस्यमय निराकार तत्व नै उनको प्रभु हो । जो यात्रामा निरन्तर उनी सँगसँगै हुन्छ ।
यसरी पश्चिम खप्तडबाबाको आश्रमबाट यात्राको संस्मरण गर्न पुगेकी उनी कर्ण्र्ाा, मुक्तिनाथ, घान्द्रुक, पोखरा, शिवपुरी, दोलखा हुँदै पर्ूवकी पाथीभरा देवीलाई परिक्रमा गरिसकेर विश्राम लिन पुग्छिन् । दर्ुइसय झिँगाका बार्हसय खुट्टाहरुको गणितदेखि हाफपाइन्ट चोकसम्मका प्रसङ्गहरुसँगै उनी कहीँ राजनीतिक विश्लेषक, कहीँ समाजशास्त्री, कहीँ सामान्य जनता, कहीँ प्राकृतिक स्रोतकी मर्मज्ञ, कहीँ महिला अधिकारवादी त कहीँ मानव अधिकारकर्मी, कहीँ ममतामयी आमा र कहीँ मायामधुले पुल्पुलिएकी पत्नी, कहीँ तत्व तितिक्षु भएर देखा परेकी छन् भने कहीँ किसोरीका जस्ता बैंसालु भावनालाई बडो शिष्टतापर्ूवक विमोचन गर्दै प्रकट भएकी छन् ।
उपर्युक्तानुसार भुइँफूलको देशमा शारदा राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र वा मन्दिरहरुको पर्रि्रमणमा मात्र सीमित भएकी कुनर्ैर् इकोटुरिस्ट वा कर्मकाण्डी तर्ीथालु होइनन् । आध्यात्मिक आधारशिलामाथि उनले उभ्याएको देशदर्शनको यो कलात्मक दस्तावेजले राष्ट्रिय योजना आयोगलाई कसरी प्रभाव पार्ने हो त्यो त थाहा छैन तर साहित्यका हरेक पाठकलाई अवश्य पनि पुलकित, रोमाञ्चित र तृप्त बनाउँने छ । अस्तु ।
नयाँ पत्रिका दैनिक : २०६८।४।२१

No comments:
Post a Comment