कुनै बेला मुल्ला नसरुद्धीन बाध्यतावश धोबीको रूपमा काम गर्दै थियो।
एकदिन लुगाफाटा बटुल्न ऊ आफ्नो किशोरवयको छोरोलाई गधामा बसाएर घरबाट निस्कियो।
केहीपर पुगेपछि चौतारीमा बसेर गफ चुटिरहेका मानिसहरूको नजिकबाट अगाडि
बढ्दै गर्दा मुल्लाको कानमा मर्मस्पर्शी आवाज पर्नगयो ‘हरे, कस्तो जमाना !
बलियोबाङ्गो त्यत्रोे लाठे छोरो चैँ गधामा आरामले बसेको छ र बूढो बाउ भने
घाममा गधा डोर्यारएर हिँडेको छ!’
मुल्ला एकक्षण गम खायो। अनि मनमनै केही सोचेर उसले छोरोलाई गधाबाट
उतारेर ऊ आफैँ गधामा चढ्यो। केही पल्तिर पुगेपछि फेरि कुनै चौतारी आयो र
त्यहाँ बसेका मानिसहरूमध्ये कसैको आवाज मुल्लाको कानमा पर्योर ‘हत्तेरी! के
खालको मान्छे रहेछ त्यो त, बालक केटाकेटीलाई घाममा हिँडाएर आफू भने शानसँग
गधामा चढेको छ…..लाज शरम हराएपछि कसको के लाग्दोरहेछ र!’
मुल्लाको मनमा ठेस लाग्यो र केही पर पुगेर उसले छोरोलाई पनि गधामा बसायो
र अगाडि बढ्यो। अर्को चौतारीमा उसै गरी मानिसहरू बसिरहेका थिए र त्यहाँबाट
पनि आवाज आयो ‘हरे भगवान्! गधा भनेको हात्ती हो र? त्यत्रा त्यत्रा
भुसतीघ्रेहरू त्यस्तो लूते गधामा चढ्नु हुन्छ त?’
मुल्लाको मन फेरि दोधारमा पर्योे र ऊ पनि गधाबाट उत्रियो र छोरालाई पनि
उतार्योग र अनि गधालाई डोर्यासउँदै उनीहरू अगाडि बढिरहे। केही पर अर्को
चौतारीमा बसेका मानिसहरूबाट आवाज आयो ‘बुद्धि सकिएको हो कि दिमाग खुस्किएको
हो यी बाउछोराको, गधामा आनन्दले चढ्न छोडेर यस्तो टन्टलापुर घाममा गधा
डोर्यासएर हिँडेका छन्। के देख्नु परेको होला?’
मुल्लाले फेरि गम खायो। उसले छोराको सहयोगमा गधालाई काँधमा बोक्यो
हिँड्न थाल्यो। केही अगाडि पुगेपछि अर्को चौतारीमा आराम फर्माएर बसेका
भद्रभलाद्मीहरूबाट आवाज आयो ‘अब कसको के लाग्छ र! यी बाउछोराहरू त पागल
भएछन्। लौ न, दाजुभाइ हो यिनलाई उपचार गर्न कतै बैद्य–हकीमका तिर
लैजाऊँ….!’ त्यस्तो कुरा सुनेपछि केही पर पुगेर मुल्लाले गधालाई खोल्सामा
फालिदियो र लामो श्वास तानेर टक्क उभियो। केही मानिसहरू त्यहीँ आइपुगे र
मुल्लालाई हप्कीदब्की गर्दै भन्नथाले ‘पशुको कुनै अधिकार हुँदेन? यसलाई
यसरी निर्ममतापूर्वक खोल्सीमा फाल्न पाइन्छ? तिमीहरू दुबैलाई अब पशुअधिकार
हरण गरेको अभियोगमा कार्बाही गरिन्छ…..!’
अनि मुल्ला नसरुद्धीनले आजित भएर भन्यो ‘जे कार्बाही गर्ने हो,
गर्नुहोस्। तर मलाई यो गधाबाट कुनै पनि हालतमा छुट्टी दिनुहोस्। मेरो
दिमागले काम गर्न छोडिसक्यो र यसको मूलकारण यही गधा हो …..!’
हामीलाई राम्ररी थाहा छ कि विविध आकारप्रकार र रुचिका अनेक
टिप्पणीकारहरू आ–आफ्नै झोला, झ48डा, लाठी र चश्मा बोकेर हरेक
गौँडा–गाँैडाका चौतारीमा गधा डोर्यावउँने नसरुद्धीनको खोजी गरेर बसेका
हुन्छन्। चौतारीमा बसेर नसरुद्धीनको कार्यलाई टिप्पणी गर्नु कुनै गार्होो
काम होइन। नसरुद्धीन झैँ कुनै उद्धेश्यले प्रेरित भएर प्रतिकूल परिस्थितिमा
पनि आनन्दपूर्वक अगाडि बढ्नु फरक र साँचो अर्थमा ठूलो कुरा हो। तर बौद्धिक
विलासिताका चौतारीमा बसेका अनेक टिप्पणीकारहरूका विचार सुनेर जसरी
नसरुद्धीन विचलित भयो त्यसरी कुनै पनि रचनाकार विचलित हुनुहँदैन।
कुनै पनि काव्य वा कृति सबैका लागि सधैँभरि आनन्ददायक र सर्वस्वीकृत
हुनसक्दैन। कोही रचनाकारले तयार पारेको कृतिलाई रचनागर्भको अवस्था,
प्रयुक्त विचार, भाषाको सन्तुलित र लालित्यपूर्ण प्रस्तुतिकरण, सामयिकता,
कल्पनाशीलता, यथार्थ चित्रण आदि वा यस्तै अनेक गुणधर्मिताले सुसज्जित भएको
भनेर कुनै एक टिप्पणीकारले भने पनि सोही कृति अर्को टिप्पणीकारको नजरमा
अर्थहीन, फजूल, रूखको नाश, भ्रामक, वायुपङ्खी, कागजको फूल वा यस्तै अनेक
विमतिले भरिएको हुनसक्छ। यसो हुनु सर्वथा नौलो कुरा पनि होइन। संसारमा
अरबौँ मानिसहरू छन् र तिनका फरक फरक अनुहार, स्वभाव र रुचिहरू पनि। कतिसम्म
भने एकै व्यक्तिको मन परिस्थिति समान हुँदाहुँदै पनि समय फरक
पर्नेक्रमसँगै बदलिइरहन्छ। मानिसमा फरक स्वभाव र अलग आदर्श देखिनु अनिवार्य
गुण हो। हरेक व्यक्तिको मनमा अन्तरद्वन्द्व विद्यमान छ भने समाजका अनेक
मानिसहरू फरक हुनु स्वाभाविक हो। तसर्थ कुनै पनि कृति वा रचना सबैका लागि
सुन्दर र आकर्षक हुन नसक्नु पनि स्वाभाविक नै हो।
आफूले अनुभूत गरेको कुरालाई शब्दमा उतार्न रचनाकार स्वतन्त्र हुन्छ।
रचनाकारको बोध, चैतन्य, स्वभाव, उसको भौतिक र नैतिक परिवेश, राजनैतिक
दर्शनमाथिको विश्वास, रचना गर्ने काल र समय वा यस्तै अनेक अवस्थाहरूले कृति
कस्तो हुनसक्छ भन्ने कुराको निर्धारण गरिरहेका हुन्छन्। ठीक यही कुरा फरक
विचार, रुचि र स्वभाव भएको व्यक्तिलाई अवश्य पनि मन पर्ने खालको हुनसक्दैन।
‘कला कलाका लागि’ कि ‘कला जीवनका लागि’ भन्ने सैद्धान्तिक, दार्शनिक
मान्यताबीचमा कुनै एक छनोट गनुपर्दा उत्तर सजिलो छ। पारिजातको ‘अनिँदो
पहाडसँगै’ लाई उत्तम ठहर्याजउँदै गर्दा पनि ‘शिरीषको फूल’लाई हठात् कागजको
फूल भन्न गार्होो हुन्छ। तर पनि हामीकहाँ पारिजातको शिरीषको फूललाई कागजको
फूल भनेर टिप्पणी नभएको होइन र त्यसलाई सही ठहर्यानउँने एउटा ठूलो तप्का आज
पनि उत्तिकै जोडदार र सशक्तरूपमा उपस्थित छ।
फरक मत र विचारले बहस–पैरवीलाई अझ सही र सटिक दिशातिर नै लैजान मद्धत गरेको
हुन्छ। तसर्थ नेपाली साहित्यमा देखिएका कृतिहरूमाथि हुने गरेका टिप्पणीहरू
चाहे ती रचनाकारले अपेक्षा गरेअनुरूप हऊन् वा फरक नै किन नहून् ती टिप्पणी
वा समालोचनाउपर रचनाकार जागरुक र संवेदनशील हुनुपर्छ। सामान्यतया कुनै पनि
कृतिको आलोचना नै आलोचना वा प्रसंशैप्रसंशा हुनसक्दैन। त्यसप्रकारले
कसैलाई नौनीस्नान गराउँने र कसैलाई तातोपानी खन्याउने दुरासयबाट सामान्यतया
कुनै पनि समालोचकले लेखेको हुँदैन र लेख्नु पनि हुँदैन। एकोहोरो प्रशंसा
वा ‘एप्पल पलिसिङ’ ले रचाकारको अन्तरमनमा दमित प्रसंशाको क्षुधातृप्तिलाई त
सम्बोधन गर्ला तर त्यसले रचनाकारको भविष्यको हकमा पनि सकारात्मक प्रभाव
नदेखाउँन सक्छ। त्यसैगरी कुनै पनि कृति सम्पूर्णरूपले फाल्तु हुनसक्दैन।
तसर्थ प्रतिशोधात्मक कार्बाही गरेसरह कुनै कृतिलाई चिथोर्नु, कोपर्नु वा
भुत्ल्याउँनु पनि आफैँमा न्यायोचित होइन।
आधुनिक प्रविधिको विकासले सामाजिक परिवेश र मनोविज्ञानमा देखापरेको नयाँ
ढाँचा र स्वरूपलाई हेर्दा समाजरूपान्तरणको प्रक्रिया पनि विगतमा आँकलन
गरिएभन्दा फरकढङ्गले अगाडि बढेको महशुस गर्न सकिन्छ। तसर्थ सबैप्रकारका
रचनाकारहरूले आफ्नो ‘ब्रह्म’ले देखेको कुरालाई साहित्यको रूपमा अगाडि
ल्याउने हिम्मत गर्नुपर्दछ। कसैले केही भन्ला कि भन्ने डरले कोही पनि
कसैसँग उतर्सिनु हुँदैन। चाहे नयाँ आस्त्रोभोस्की जन्मियोस् वा नयाँ अरवेल,
हामीलाई नेपाली साहित्यले अन्तराष्ट्रियस्तरको गुणवत्ता हासिल गरेको
हेर्ने तीब्र चाहना छ। यसको लागि चौतारीमा बसेका टिप्पणीकारहरूको चिन्ता,
चासो र आलोचनालाई सम्यक्भावले ग्रहण र विवेचन गर्दै उपल्लोकोटीको कृति
प्रदान गर्न रचनाकारहरूले आफ्नो अभिरुचि, अध्ययन र अनुसन्धानको दायरालाई
फराकिलो पार्दै आफ्नो रचनाधर्मितामा सक्रियतापूर्वक निरन्तर लागिरहनुपर्दछ।
:नरेन्द्र पराशर
पूर्व प्रकाशित
No comments:
Post a Comment