तान्यो मिल्दैन है पत्ती फाल्दैन छेउबाट नै
मात्र पाँच भए ‘डुब्ली’ पुग्दै पुग्दैन सात चैँ
आओस् भनी गर्यो जोड उही बेकाम आउँछ
राजनैतिक म्यारिज् मा ‘दुक्की’ले नि सताउँछ…..!
तीन ‘सिक्वेन्स’ पछारेर माल नै उसले चुन्यो
आफ्नो अत्तो न पत्तो छ पक्कै नि जालमा उन्यो
सत्ता फाल्दैन ऊ राख्छ ! चौका फाल्दछ ईटको
राजनैतिक म्यारिज् मा रहस्य छ अजीव यो…..!
मालको छेउछाउको पत्ती हानी फकाउँछ
असली माललाई ता भित्रपट्टि लुकाउँछ
चाणक्य-चालले माल उठाई मुस्कुराउँछ
राजनैतिक म्यारिज् मा सत्ता नै काम आउँछ…..!
कोही डराउँछन् धेरै कोही कराउँछन् बढी
कोही मौन बसेका छन् मालकै काँधमा चढी
‘बूढा’ अनुभवी पात्र माल उम्केर झस्किए
राजनैतिक म्यारिज् को खेलमा क्या पछारिए….!
भयो ‘कट्फट्’ यता ऐले ‘लक्’ले छोड्यो कि साथ ए
दक्षिण् फर्केर बस्दा पो हुने रैछ कमाल ए
जान्छ माल ‘उता’पट्टि ‘बास्सा’ खै त कता गए ?
राजनैतिक म्यारिज् मा को कता, को कता भए….!
खेल रोकिन्न, रोकिन्न जति तिर्नु परे परोस्
खेल्थे पाण्डवले कौडा जे पर्छ त्यो परे परोस्
लाज्जा ! बल्ल पर्यो माल ‘सो’ भयो ! जे परे परोस्
राजनैतिक म्यारिज् हो, डुबे देश डुबिरहोस्….!
: नरेन्द्र पराशर

No comments:
Post a Comment