अहिले जब म
यो कविता लेख्दैछु
यही उमेरमा
तिमीले
‘सम्बोधी’ प्राप्त गरेको
चार वर्ष बितिसकेको थियो
तर म
समुद्रमा हराएको
जहाजजस्तै
जीवनको बाक्लो कुहिरोमा
सकुशल हराएको छु……!
छ्य्या ! अर्थहीन पुनरुक्तिका
अनेक गोलचक्करहरूमा
बारबार रन्थनिएर
उही ठाउँमा उभिन पुग्छु
जहाँबाट हिँडेको हुन्छु…..
अनेकौँ अत्रिप्ति
अनेकौँ असन्तुष्टि
अनेकौँ म्रिगमरीचिका
छ्य्या !
म पनि तोड्न चाहन्छु
ब्रित्तमाथिको निरर्थक दौड
हे बुद्ध,
म पनि उछिट्टिन चाहन्छु
ब्रित्तको केन्द्रभन्दा बाहिर
निरभ्र आकाशमा………!!!
: नरेन्द्र पराशर
यो कविता लेख्दैछु
यही उमेरमा
तिमीले
‘सम्बोधी’ प्राप्त गरेको
चार वर्ष बितिसकेको थियो
तर म
समुद्रमा हराएको
जहाजजस्तै
जीवनको बाक्लो कुहिरोमा
सकुशल हराएको छु……!
छ्य्या ! अर्थहीन पुनरुक्तिका
अनेक गोलचक्करहरूमा
बारबार रन्थनिएर
उही ठाउँमा उभिन पुग्छु
जहाँबाट हिँडेको हुन्छु…..
अनेकौँ अत्रिप्ति
अनेकौँ असन्तुष्टि
अनेकौँ म्रिगमरीचिका
छ्य्या !
म पनि तोड्न चाहन्छु
ब्रित्तमाथिको निरर्थक दौड
हे बुद्ध,
म पनि उछिट्टिन चाहन्छु
ब्रित्तको केन्द्रभन्दा बाहिर
निरभ्र आकाशमा………!!!
: नरेन्द्र पराशर
No comments:
Post a Comment